+
+
Shares

हुण्डाईद्वारा हाईवे एसुरेन्स क्याम्पकाे अायाेजना

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १०:५७

२९ असाेज, काठमाडौं । नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रालीले  हुण्डाई हाइवे एसुरेन्स फ्रि चेक अप क्याम्प आयोजना गरेको छ ।

यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गका लागि राजमार्गका विभिन्न स्थानमा  हुण्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ ।

दशैंमा आफ्नो परिवारजन तथा इस्टमित्रसँग मनाउने उद्देश्यले आफ्नो हुण्डाई गााडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड काँकड्भित्ता, इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५ कि.मी. उत्तरतर्फ), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया)फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको छ ।

यसका साथै ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै राजमार्गको चेक पोइन्टहरुको २० किलोमिटर दुरीेसम्म रोडसाइड एसिसटेन्टको पनि व्यवस्था गरीएको छ ।

यो कार्यक्रम असोज ९ देखी १२  गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?