Comments Add Comment

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

२९ असोज, म्याग्दी । रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका धनबहादुर तिलिजालाई आइतबार रु डेढ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

बहराइनको बुकामत कम्पनीमा कार्यरत रहँदा आगलागीमा परेर घाइते भएका तिलिजाको उपचारका लागि म्याग्दी उद्धार समिति बहराइनले रु एक लाख ६१ हजार पाँच सहयोग गरेको हो । समितिका अध्यक्ष लोकबहादुर राम्जालीले तिलिजालाई नगद हस्तान्तरण गरेका थिए ।

यसैगरी, समितिका तर्फबाट म्याग्दी भ्रमण वर्ष २०७५ को अगुवाइ गरेको उद्योग वाणिज्य संघ, कालीपुलस्थित सूचना केन्द्रमा सञ्चार सुविधाको व्यवस्था गर्न रु २२ हजार २२२ सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई हस्तान्तरण गरिएको छ ।

सो कार्यक्रममा पत्रकार हरिकृष्ण गौतमलाई रु ११ हजार ११५ नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment