+
+
WC Series
कर्णाली याक्स 2025
64/3 (11.5)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

भुजी लिग फुटबल प्रतियोगिता कात्तिक दोस्रो साताबाट

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १६:४४

२९ असोज, काठमाडौं । रामेछाप जिल्लामा हुने भुजी लिग रनिङ शिल्ड फुटबल प्रतियोगिताको आठौं संस्करण कात्तिकको दोस्रो साताबाट सुरु हुने भएको छ ।

प्रतियोगिता कात्तिक ९ देखि १६ सम्म सञ्चालन हुने आयोजक लिखु भुजी रामेछाप युवा क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

एक लाखभन्दा बढी पुरस्कार राशी रहेको प्रतियोगिताका लागि अहिले टिम दर्ता खुला गरिएको आयोजक क्लब लिखु भुजी रामेछाप युवा क्लबका उपाध्यक्ष मनोज सुनुवारले जानकारी दिए । उनका अनुसार कात्तिक ८ सम्म टिम दर्ता हुने र त्यसपछि प्रतियोगिताको टाइसिट सार्वजनिक गरिनेछ ।

प्रतियोगिताको विजेता टोलीले ५४ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले २७ हजार तथा तेस्रो हुने टोलीले १३ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वाेत्कृष्ट घोषित हुने एक खेलाडीसहित व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि पुरस्कृत हुने उपाध्यक्ष सुनुवारले जानकारी दिए ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?