Comments Add Comment

दशैंः आन्तरिक हवार्इ उडानमा पनि यात्रुको चाप (फोटोहरु)

३० असोज, काठमाडौं । दशैंका लागि काठमाडौंबाट बाहिरिनेको संख्या स्थलमार्गमा मात्रै होइन, हवाईतर्फ पनि उत्तिकै छ । आज फूलपातीदेखि विदा हुने भएकाले पनि धेरै यात्रु काठमाडौंबाट आफ्नो मूल थलोतर्फ लाग्छन् ।

स्थलमार्गबाट जाँदा सकस हुने ठान्नेहरु र सँधै हवाई यात्रा गर्नेहरुको विमानस्थलमा ठूलो भिड देखिन्छ ।  विदेशबाट आउने धेरै यात्रु पनि आन्तरिक उडानबाटै गन्तब्यमा जाने भएकाले चाप बढेको पाइन्छ ।
विदेशमै किनमेल गरेर स्वदेश फर्किएकाहरु पोकापन्तुरा बोकेर यता उता धाउनुको सट्टा हवाई मार्गबाटै जान खोज्छन् ।

त्यसो त, बसमा जस्तै जहाजमा पनि टिकट नपाउने समस्या छ । एयरलाइन्सका टिकट काउन्टरहरुमा टिकट लिनेको अत्याधिक भिड देखिन्छ । टिकट नपाएका कतिपय यात्रु निरास देखिन्थे ।

बढ्दो चापलाई मध्यनजर गर्दै एयरलाइन्सहरुले  नियमित भन्दा बढी उडान गरेपनि त्यसले धान्र सकेकाे छैन । अग्रिम बुकिङ गरेकाहरू सहजै उडेपनि र समयपरिस्थितिले टिकट लिन नभ्याएकाहरू स्थलमार्ग नै अन्तिम विकल्प ठानेर विमानस्थलबाट बाहिरिएका पनि देखिन्थे ।

भरतपुर, भैरहवा, पोखरा, विराटनगर, सिमरा, नेपालगञ्ज, धरानतर्फको उडानमा यात्रुको चाप छ । दशैंमा विभिन्न पर्यटकीय गन्तब्यमा जानेहरु पनि धेरै छन् । चाडपर्वलाई लक्षित गरेर एयरलाइन्सहरुले पनि ‘होलिडे डे टूर’ प्याकेज ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment