Comments Add Comment

तनुश्रीमाथि राखीको यस्तो आरोप, ‘मि टु’मा अहिलेसम्मकै अश्लिल वयान

बलिउडकी कन्ट्रोभर्सी क्विन राखी सावन्त अक्सर उत्तेजक अभिव्यक्ति दिएर चर्चामा आउँछिन् । खासमा अहिले नाना पाटेकर र तनुश्री दत्तवीच जुन प्रसंग उठिरहेको छ, त्यही विषयमा आफ्नो तिखो बयान दिएर राखीले जग हँसाएकी छिन् ।

भनिहालौं, तनुश्री दत्तले हालै दिएको एक अन्र्तवार्तामा भनेकी थिइन् सन् २००८ मा ‘हर्न ओके प्लीज’ फिल्म सेटमा नाना पाटेकरले उनीमाथि दूव्र्यवहार गरेका थिए । अहिले राखीले नानाको बचाउँ गदै तनुश्रीको यो आरोप सरासर झुट रहेको बताएकी छिन् । त्यससँगै उनले एक भिडियो साझेदार गरेकी छिन्, जो निकै विवादित बन्न पुग्यो ।

भिडियोमा उनले बलिउडमा स्टार बन्नका लागि आवश्यक टिप्स दिएकी छिन् । उनी भन्छिन्, ‘फिल्म केवल तीन चिजले चल्छ, इन्टरटेनमेन्ट, इन्टरटेनमेन्ट र इन्टरटेनमेन्ट यो म भन्दिन । म भन्छु कि, हीरो केवल दुई चिजले बन्छ । एक त सिक्स प्याक एब्सले र अर्को चाहि सिक्स प्याकभन्दा मुनीकोले ।’ भिडियोमा उनले अरु पनि अश्लिल कुरा बोलेकी छिन् । ‘अहिले थुप्रै गे डाइरेक्टर छन्’ भन्दै उनीहरुसँग मस्ती गरेमा फिल्ममा स्टार बन्न सकिने उनले तर्क गरेकी छिन् ।

उनले तनुश्रीलाई पनि दह्रो जवाफ दिएकी छिन् । राखीले भनेकी छिन्, ‘अब मलाई थाहा भयो कि, तिमीले यो सबै नाटक भिसाको लागि गरेकी हौ । ग्रीन कार्ड, भिसाका लागि । तिम्रो एक क्यानेडियन मुलका ब्वाइफ्रेन्ड छ, उसैसँग तिमी अमेरिकामा बस्न चाहन्छौं ।’ उनको यो भनाईमा कति सत्यता छ ? त्यो उनै जानुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment