Comments Add Comment

काजोलले विवाहको बारेमा खुलासा गरिन् अचम्मलाग्दो कुरा

‘कुछ कुछ होता है’ फिल्म निर्माण भएको २० बर्ष पुरा भएको छ । यस फिल्ममा काजोल, रानी मुखर्जी र शाहरुख खानको त्रिकोणात्मक प्रेमकथा छ । त्यसताकाको धेरैजसो फिल्ममा काजोल र शाहरुखले अनस्क्रिन जोडी बाँधे । उनीहरुको केमेस्ट्री दर्शकले औधी रुचाएपनि । वाहिरी हल्ला कतिसम्म थियो भने, काजोल र शाहरुखबीच अफेयर छ ।

तर, काजोलले अजय देवगनलाई अफस्क्रिन जीवनसाथी रोजिन् । अहिले उनीहरु दुई सन्तानका मातापिता समेत भइसकेका छन् ।

यसै मेसोमा काजोलले एक च्याट शोमा आफ्नो विवाहको सन्दर्भलाई लिएर आश्चर्यलाग्दो खुलासा गरेकी छिन् । उनले नेहा धूपियाको च्याट शोमा यस्तो खुलासा गरेकी हुन् । काजोलले उक्त शोको ‘नो फिल्टर थि नेहा’मा आफ्नो विवाहको किस्सा साझेदार गरेकी हुन् । काजोलले भनेकी छिन्, ‘जुन समय हाम्रो विवाह भयो, त्यसबेला हाम्रो विवाहलाई लिएर कोहीपनि खुसी थिएनन् । मेरो परिवार र उनको (अजय देवगण)को परिवार खुसी थिएनन् । जब मैले आफ्नो पितासँग भने कि, म अजयसँग विवाह गर्न चाहन्छ, तब उनी धेरै दुखी भए । उनले हप्तादिनसम्म मसँग केही कुरा गरेनन् पनि ।’

काजोलले बताएकी छिन् कि, विवाह गर्ने निर्णयले कसरी उनका पिता दुःखी भएका थिए । काजोलका पिताले भनेछन्, ‘अहिले पनि तिमी धेरै जवान छौं, अहिले नै किन विवाह गर्न चाहन्छौं ? त्यसमाथि तिम्रो करियर पनि राम्ररी चलिरहेको छ ।’

तर, काजोल रोकिने अवस्थामा थिइनन् । उनी विवाह गर्ने मनस्थितीमा पुगिसकेकी थिइन् । ‘म र अजय एकदमै फरक खानदानका हौ, त्यही कारण कतिले हामीलाई साथ देखे, तर कहिल्यै सम्झाएनन्’ काजोल भन्छिन्, ‘हामी दुवै फरक भएपनि एकसाथ काम गर्‍यौं र आफ्नो रिलेशनसिपमा राम्रो तालमेल मिलायौं । हामी दुई मिलेर एउटा सिंगो व्यक्ति हौं र हाम्रा छोराछोरी हाम्रो हात ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment