Comments Add Comment

विकासको महाअभियानमा सहभागी हुन प्रधानमन्त्रीको आहृवान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको महाअभियानमा सहभागी हुन आहृवान गरेका छन् ।

वडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकार देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कृयाशील रहेको बताएका छन् ।

‘यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनु हुँदैन भन्ने कुरामा हामी हरेक क्षण सजग हुँदै आएका छौं’ उनले भनेका छन्, ‘हामी आमजनताको विश्वास र अपेक्षालाई शीरोपर गर्दै समृध्द नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौं ।’

अहिले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको उनले बताएका छन् । ‘राष्ट्र निर्माणको यो ऐतिहासिक अवसरमा हामी सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य छन्’ उनले भने, ‘त्यस कारण सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन म सबैलाइ फेरि एक पटक आहृवान गर्दछु ।’

प्रधानमन्त्री ओलीले जनतालाई समृद्धि र सुख हासिल गराउने प्रतिवद्धताबाट कुनै पनि क्षण विचलित नहुने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment