Comments Add Comment

शाहरुखले दिदैछन् धमकेदार सरप्राइज, यस्तो छ भारु २ सय करोडको फिल्मको भित्री कुरा

फिल्मको यतिबेला बलिउडमा केही बिग बजेट फिल्मको चर्चा छ । आमिर खान स्टारर फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ दिपावलीको छेक पारेर भारत लगायत विश्वभरको स्त्रिmनमा सार्वजनिक हुँदैछ । यश राज फिल्म्स्को व्यानरमा निर्माण भएको यो फिल्म बलिउडकै सर्वाधिक महंगो फिल्म मानिएको छ । यो फिल्मलाई दर्शकले व्यग्रताका साथ पर्खिरहेका छन् ।

त्यसो त अहिले बलिउड बादशाह शाहरुखको फिल्म पनि वहुप्रतिक्षित छ । फिल्म हो, जीरो । अहिले यो फिल्मको चर्चा चुलिएको छ । चर्चा यसकारण भएको हो कि, फिल्मका निर्देशक आनन्द एल रायले शाहरुखको जन्मदिनमा उनका शुभचिन्तकलाई ठूलो सरप्राइज दिदैछन् । यो सरप्राइज उनको फिल्म ‘जीरो’सँग जोडिएको छ । शाहरुखको बर्थ डे नोभेम्बर २ मा हो ।

सरप्राइज के होला ? पक्कै तपाईमा कौतुहलता जागेको हुनुपर्छ । अनुमान के गर्न सकिन्छ भने, त्यस दिन फिल्म ‘जीरो’को ट्रेलर सार्वजनिक हुनेछ । हुन त यो कुरा प्रष्ट भने छैन ।

फिल्मको दुई वटा टिजर सार्वजनिक भइसकेको छ । टिजर हेरेपछि दर्शकल ट्रेलरको व्याग्र प्रतिक्षामा छन् ।

शाहरुखको यो फिल्मका लागि भारु २ सय करोड भन्दा बढी खर्च गरिएको बताइन्छ । फिल्ममा शाहरुखसँग कटरिना कैफ र अनुष्का शर्मा मूख्य भूमिकामा देखिनेछन् । ट्रेन्ड पन्डितलाई मान्ने हो भने, यत्तिका खर्चको परिपूर्ति म्युजिक, स्याटलाइट र डिजिटल राइट्स बिक्री गरेर गरिनेछ । फिल्म २१ डिसेम्बरमा सार्वजनिक हुने चर्चा छ ।

शाहरुखको सबैभन्दा महंगो फिल्म

यो फिल्म यसकारण पनि प्रतिक्षारत छ कि, शाहरुख खानले अभिनय गरेकामध्ये सर्वाधिक महंगो फिल्म हो यो । अर्को घतलाग्दो कुरा, यसमा सलमान खानलाई पनि देख्न सकिनेछ । सबैलाई थाहै छ, सलमान र शाहरुख एकअर्काका प्रतिस्पर्धी हुन् । उनीहरुबीच लामो समय दुश्मनी पनि रह्यो । एकअर्कासँग बोलचाल गर्ने अवस्थामा समेत नभएका उनीहरु ‘जीरो’मा जोडिएका छन् ।

साथै यस फिल्ममा सलमानसहित अन्य बलिउड स्टार्स पनि देखिनेछ ।

फिल्मको टाइटल

फिल्मको टाइटल छ, ‘जीरो ।’ निर्देशक आनन्द एल रायले भनेका छन्, ‘हरेक मानिसमा एउटा अधुरोपन हुन्छ, म त्यसैलाई सेलिब्रेट गराउन चाहन्छु । म जीरोको सेलिब्रेट गर्न चाहन्छु । यसकारण फिल्मको नाम जीरो राखिएको हो ।’

कस्तो छ चरित्र ?

फिल्ममा कटरिना कैफ एक बलिउड स्टारकै भूमिकामा छिन्, जो करियरको उत्तरार्द्धमा छिन् । त्यस्तै शाहरुख मेरठमा बस्ने फ्यान बनेका छन् । र, अनुष्का शर्मा वैज्ञानिकको भूूमिकामा छिन् ।

बाहुबली-२ पछि जीरो

के भनिन्छ भने, यस फिल्मका लागि भिएफएक्समा भारु ७० करोड खर्च गरिएको छ । यसरी हेर्दा यो फिल्म ‘बाहुबली’पछि भिएफएक्समा दोस्रो सर्वाधिक खर्चिलो बनेको छ । बाहुबलीले भिएफएक्समा भारु ८५ करोड खर्च गरेको थियो ।

हलिउडसँग टक्कर

जतिबेला शाहरुखको ‘जीरो’ले सिनेमाघरको पर्दा कब्जा जमाइरहेको हुनेछन्, त्यसका लागि तगारो बन्न सक्छ जेम्स क्यामरुनको फिल्म । यो हलिउड फिल्म विश्वव्यापी चल्नेछ । जेम्स क्यामरुन उनै निर्देशक हुन्, जसले ‘टाइटनिक’, ‘अवतार’ जस्ता विश्वव्यापी ब्लकबस्टर फिल्म दिइसकेका छन् । उनको फिल्मलाई भारतिय दर्शकले पनि प्रतिक्षा गरिरहेका छन् ।

रोहित शेट्ठी पनि तगारो

त्यसो त निर्देशक रोहित शेट्ठीसँग शाहरुख खानको गठबन्धन निकै फलिफापशिद्ध भयो । अहिले उनै रोहितको फिल्मले शाहरुखको ‘जीरो’लाई टक्कर दिन सक्ने संभावना पनि छ । किनभने ‘जीरो’ सार्वजनिक भएको हप्ता दिनपछि रोहितको ‘सिंबा’ सार्वजनिक हुनेछ ।

बक्स अफिस

शाहरुखको यस्तै फिल्म ‘फ्यान’ ले अपेक्षित कारोबार गरेन । त्यसअघि निर्मित ‘रा-वन’ पनि दर्शकले उति रुचाएन, जति अपेक्षा गरिएको थियो । अब ‘ पनि दर्शकले उति रुचाएन, जति अपेक्षा गरिएको थियो । यस्तो पृष्टभूमिमा ‘जीरो’सँग पनि चुनौतीको पहाड छ । यो त्यसैपनि बिग बजेट फिल्म हो । यो फिल्म तबमात्र हिट भएको मानिनेछ, जब यसले भारु ३ सय करोडभन्दा बढी मुनाफा आर्जन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment