+
+
Shares

त्रिपुराकोटमा दशैंको जमरा टीका लगाउने आफ्नै साइत

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २ गते १५:२०

२ कात्तिक, त्रिपुराकोट, डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशँैको टीका लगाउने प्रचलन छ ।

नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी देवीकृष्ण उपाध्यायले बताए ।

“नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन्”, पूजारी उपाध्यायले भने, “दशैँको औँशीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन अझै कायम छ ।”

ज्योतिषका अनुसार आज बिहान ९ बजेर ५१ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज रातिदेखि मात्र जमरा टीका लगाउन शुरु हुने गर्छ ।

नेपालभर ज्योतिषको साइतअनुसार जमरा टीका लगाउने प्रचलन भए पनि त्रिपुराकोटमा बेलुकीमात्रै टीका जमरा लगाउने प्रचलन नेपालमै नयाँ रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?