+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

लिगलिगकोट चिनाउन टिस्टा हिँडे गोरखेली युवा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३ गते १४:२८

३ कात्तिक, गोरखा । गोरखाको पालुङटार नगरपालिकाका केही युवाहरु लिगलिगकोट-पालुङटार प्रवर्द्धन यात्रामा निस्किएका छन् ।

शनिवार पालुङटारबाट गोरखा सदरमुकामस्थित द्रव्यशाहले राज्यभिषेक गरेको चौतारा आइपुगेका युवाहरुले अनलाइनवखरसँग कुराकानीको क्रममा जिल्लाको पर्यटकीय स्थल लिगलिगकोटको प्रवर्द्धनका लागि यात्रामा निस्किएको बताए ।

‘दौड जितेर राजा बन्ने प्रचलन भएको ठाउँ, त्यसमाथि बिभिन्न ऐतिहासिक महत्वका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण,’ यात्रामा निस्किएका पालुङटारका किरण गिरीले भने, ‘यस्तो ठाउँको प्रवर्द्धनमा हामी आफैं जुट्नुपर्छ भनेर यात्रामा निस्किएका हौ ।’

यात्रा पाँच दिनको रहने उनले बताए । ‘दौडेर राजा बनेसँगै ऽव्यशाह र उनका सन्ततीले नेपाल एकीकरणको क्रममा जुन जुन ठाउँमा हमला गरे सोही ठाउँमा पुगेर लिगलिगकोटको प्रचार प्रसार गर्ने योजना बनाएका छौ,’ उनले भने ।

शनिवार लिगलिगकोटबाट गोरखा आएका उनीहरु आजै नुवाकोट पुगेर काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

‘एकीकरणको क्रममा गोरखाबाट हमला भएको नुवाकोट पुग्छौ, नुवाकोट दरवारमा सानो कार्यक्रम गर्छाै, अनि आज काठमाडौ र्फकेर त्यही बस्छौ,’ गिरीले भने । काठमाडौबाट सिन्धुलीगढी बर्दिवास हुदै झापा पुग्ने उनीहरुको योजना छ । झापा पुगेसँगै टिष्टा पुगेर त्यहाको केही चिनो गोरखा ल्याउने कार्यक्रम तय भएको उनले बताए ।

‘यो पहिलो चरणको कार्यक्रम हो, हामी जहाँ जहाँ पुग्छौ त्यहाका सरोकारवालाहरुसँग भेटेर पर्चा, पम्प्लेट र लिगलिगकोटका केही फोटोहरु वितरण गरेर प्रचार प्रसार गर्छाै र सानो अन्तरक्रिया कार्यक्रम जस्तो गरेर र्फकन्छौ,’ उनले भने ।

लिगलिगकोटलाइ नेपालभर चिनाउने अभियान सहित यात्रा शुरु गरिएको उनले बताए । उनीहरु मोटरसाइकलको सहारामा यात्रामा निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?