Comments Add Comment

अनौठो पहाड, जहाँ हरेक महिना यौन महोत्सव मनाइन्छ

इण्डोनेसियाको जाभा द्विपमा हरेक ३५ दिनमा एउटा सेक्स फेस्टिवल मनाइन्छ । उक्त सेक्स महोत्सवमा सयौँ महिला पुरुषहरु जम्मा हुन्छन् अनि अपरिचित विपरित लिङ्गीहरुसँग यौन सम्बन्ध कायम गर्दछन् ।

मानिसहरु भेला हुने ठाउँलाई गुनुंग केमुकस भनिन्छ । त्यसलाई सेक्सको पहाड अर्थात् सेक्स हिल पनि भनिन्छ ।

उक्त सेक्स पहाडमा यौन महोत्सव मनाउनुको पनि अनौठो कारण छ ।

सेक्स फेस्टिबलमा भाग लिँदा सौभाग्य प्राप्त हुन्छ र मनले चिताएको पुग्छ भन्ने मान्यता रहेको छ ।

किम्बदन्ती अनुसार त्यस ठाउँमा परापूर्व कालमा एकजना राजकुमार थिए । आफ्नै सौतेनी आमासँग यौन सम्पर्क राख्दै गर्दा उनी पक्राउ परे र त्यसपछि उनको हत्या भयो । दुबैजनाको लास सोही पहाडमा गाडियो ।

सामाजिक परम्परालाई लत्याउँदै प्रेममा लिप्त भएको उक्त जोडिको अन्त्यष्टि भएको उक्त पहाडलाई समयकाल सँगै प्रेम र यौनको प्रतिकको रुपमा लिन थालियो । उक्त पहाडमा आएर आफनो कामुकता प्रदर्शन गरेमा वा सेक्स गरेमा भाग्य चम्किने विश्वास गर्दछन् मान्छेहरु । अर्थात् यो पहाड यौनको तिर्थस्थल नै बनेको छ ।

हरेक ३५ दिनमा त्यहाँ यौन अनुष्ठान हुन्छ । रातको समयमा रुखको फेँदमा चकटी ओछ्याएर मानिसहरु बस्दछन् । त्यसै क्रममा महिला पुरुषहरुको एक अर्कामा चिनाजानी हुन्छ र मन मिलेपछि नजिकैका छाप्रोहरुमा छिरेर सम्भोग गर्दछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment