+
+
Shares

रामेछापको खरानेमा गाडी दुर्घटना, आमा र छोराको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ३ गते १८:२०

३ कात्तिक, रामेछाप । रामेछाप-२ खरानेमा सुमो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

मृतक दुई आमा छोरा हुन् । दुर्घटनामा रामेछाप नगरपालिका-१ गोठगाउँकी ६० वर्षीया ललीमाया कार्की र उनकी ४० वर्षका छोरा दुर्गाबहादुर कार्कीको मृत्यु भएको सोही वडाका वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।

रामेछापको कुकुरकाटेबाट गोठगाउँ जाँदै गरेको ना १ ज ४८ १२ को टाटा सुमो अनियन्त्रित भएर सााँझ सडकबाट ३ सय मिटर तल खसेको हो ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल मन्थलीमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?