Comments Add Comment

खानेकुरा तारेर बाँकी रहेको तेल पुन प्रयोग गर्नु कति खतरनाक ?

चाडपर्वमा हाम्रो भान्सामा थरीथरीका परिकार बन्छ । यसरी कतिपय परिकार बनाउँदा तेल बाँकी रहन्छ । यसरी एक पटक प्रयोग गरिसकेको तेल फ्याक्न हामीलाई लोभ लाग्छ । पुन त्यही तेलमा अर्को परिकार पकाउँछौं ।

चाहे पुरी पकाएर बाँकी रहेको तेल होस् वा आलु तारेर, दोस्रो वा तेस्रो पटकसम्म तेल प्रयोग गर्छौं । हामीलाई लाग्छ, आखिर किन खेरा फ्याक्नु ? त्यसै त महंगी छ । बजारमा खाद्यन्न छोइनसक्नु छ । त्यसमाथि चाडपर्वको बेला महंगीले आकास छुन्छ ।

तर, स्वास्थ्य भन्दा ठूलो कुरा अरु के हुनसक्छ ? खर्च जोगाउने वा मितव्यायिता अपनाउने चक्करमा यस्तो खानेकुरा पनि प्रयोग नगरौं, जसले अरु दोब्बर खर्च बढाइदिन्छ । त्यतीमात्र होइन, स्वास्थ्यमा गंभिर असर समेत पार्न सक्छ । भनिन्छ, एक पटक कुनैपनि खानेकुरा पकाएर बाँकी रहेको तेल पुन प्रयोग गर्नु एकदमै खतरनाक हुन्छ ।

क्यान्सरको कारण

जब कुनै परिकार तेलमा पकाइन्छ । तेल बाँकी रहन्छ । उक्त तेलमा फेरी पटक पटक अरु खानेकुरा पकाइन्छ भने, त्यसमा फ्रि रेडिकल्स पैदा हुन्छ । यसले जलन हुने, सुन्निने समस्या निम्त्याउँछ । फ्रि रेडिकल्सले कतिपय अवस्थामा क्यान्सरलाई जन्म दिनसक्छ ।

साथै तेल पटक पटक प्रयोग गर्दा अथरोस्कालरोसिस हुनसक्छ, जसले शरीरमा खराब कोलेस्टोर बढाइदिन्छ । धमनीमा अवरोध पुर्‍याउँछ ।

कुनैपनि तेल पटक पटक प्रयोग गरिरहँदा एसिडिटी, मुटुको रोग, पार्किसन्स, घाँटी सुन्निने जस्ता अनेकन समस्या पनि हुनसक्छ ।

कति पटक गर्ने त तेलको प्रयोग ?

कुनैपनि खानेकुरा डिप फ्राई गरिसकेको तेल पुन प्रयोग गर्नै हुँदैन । सामन्य फ्राई गरेको तेल पुन एक पटकसम्म प्रयोग गर्न सकिन्छ । तर, यो कुन तेल हो, कस्तो गुणस्तरको हो, के पकाइएको हो, त्यसमा बढी निर्भर गर्छ ।

यस किसिमको तेल प्रयोग गरौं

बजारमा थरीथरीका तेल पाइन्छ । यी तेलको स्वाद र मूल्य मात्र फरक हुने होइन, गुणस्तर पनि फरक हुन्छ । कति तेलमा स्मोकिङ प्वाइन्ट धेरै हुन्छ । अर्थात कति तेलमा खानेकुरा डिप फ्राई गर्दा धुँवा बढी निकाल्छ, कतिले कम । कति तेल यस्तो पनि हुन्छ, जसलाई जति तताउँदा पनि धुँवा निस्कदैन । जस्तो सनफ्लावर, सोयाबिन, बदामको तेल आदि । यस्ता तेल, जसको स्मोकिङ प्वाइन्ट धेरै हुँदैन, त्यस्तो तेल फ्राई गर्नका लागि प्रयोग गर्नु हुँदैन ।

बाँकी रहेको तेलको दुष्प्रभावबाट कसरी बच्ने ?

कुनैपनि खानेकुरा पकाइसकेपछि बाँकी रहेको तेल सेलाउन दिनुपर्छ । त्यसपछि हावा नछिर्ने भाँडो एवं बट्टामा छानेर राख्नुपर्छ । यसरी राख्दा तेलमा रहेको फूड पार्टिकल्स निस्कन्छ । जब दोस्रो पटक तेल प्रयोग गरिन्छ, त्यसको कलर र थिकनेस कस्तो छ ? यदी तेल डार्क कलर वा पहिलेभन्दा बढी गाढा छ भने त्यसलाई प्रयोग गर्दै नगरौं । साथै तेल तताउँदा पहिलेको भन्दा पनि बढी धूँवा आयो भने त्यसलाई पनि प्रयोग नगरेकै राम्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment