Comments Add Comment

निर्मला हत्याकाण्डको दोषी पानीमुनि भए पनि छाड्दैनौं: परराष्ट्रमन्त्री

४ कात्तिक, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अपराधीलाई नछाड्ने बताएका छन् । उनले भ्रष्टहरुप्रति झन निर्मम ढंगले प्रस्तुत लागेको पनि बताए ।

आइतवार गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले निर्मला पन्त हत्या काण्डका अपराधी पानीमुनि लुकेकै भए पनि नछाड्ने बताए ।

मन्त्री ज्ञवालीले यस्तो मानवीय संवेदना माथि राजनीति नर्गन सुझाए । ‘हरेक क्षेत्रमा भ्रष्टचार छ,’ मन्त्री ज्ञवालीले भने, ‘त्यस्ता भ्रष्ट कुृन पार्टीका सदस्य हो भनिने छैन, निर्मम ढंगले प्रस्तुत भइने छ ।’ विकास र मृद्धिको यात्रामा कोही सत्ता पक्ष र प्रतिपक्ष नहुने बताए ।

सरकार गठन भएको ८ महिनामा संविधान कार्यन्वयन भएको र दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको उनले बताए ।

‘अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शीर उँचो पार्ने गरी सम्वन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ,’ ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment