Comments Add Comment

दीपिकाले आफ्नो विवाहको निम्तो कार्डमा के लेखिन ? 

अन्ततः दीपिका पादुकोण र रणवीर सिंहले विवाह गर्ने साइत जुराएका छन् । बलिउडका यी हट जोडीले आफ्नो विवाहको औपचारिक घोषणा गरेका छन् । उनीहरुले नोभेम्बर १४ र १५ मा जोडी बाँध्नेछन् ।

दीपिकाले आफ्नो विवाहको निमन्त्रणा कार्ड पनि सार्वजनिक गरेका छन् । कार्ड हिन्दी र अंग्रेजी दुबै भाषामा छ । कार्डमा लेखिएको छ, ‘यति बर्षसम्म तपाईहरुले हामीलाई जुन प्रेम र स्नेह दिनुभयो, त्यसका लागि आभारी छौं । हामी आफ्नो जिन्दगीको नयाँ सुरुवात गर्दैछौं । यसमा तपाईंको आर्शिवादको कामना गर्दछौं । अनगिन्ती प्रेम- दीपिका र रणवीर ।’

भनिहालौं, उनीहरुले यो विवाह इटलीको लेक कोमोमा गर्नेछन् । त्यसको उत्सव चार दिनसम्म चल्नेछ । तर, यस भव्य विवाहलाई मिडियाबाट टाढा राखिएको छ ।

दीपिका पादुकोण किङफिसर क्यालेन्डर गर्लको रुपमा ग्ल्यामर दुनियामा प्रवेश गरेकी हुन् । करियरको पूवार्द्धमा त्यसबेलाका धनाड्य विजय माल्यका पुत्रसँग दीपिकाको अफेयर रहेको चर्चा हुन्थ्यो । पछि उनी रणवीर कपुरसँग जोडिइन् । रणवीरसँगको उनको लभ-अफेयर बलिउडमा लामो समय चर्चामा विषय बन्यो । उनले रणवीरको नाममा ट्याटु समेत खोपाएकी थिइन् । रणवीर कपुरसँग ब्रेकअपछि उनको घनिष्ठता अर्का रणवीर अर्थात रणवीर सिंहसँग बढ्यो । त्यही घनिष्ठता प्रेममा रुपान्तरण भयो । अब त्यो दाम्पत्य जीवनमा प्रवेश गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment