Comments Add Comment

प्रधानन्यायाधीश मिश्रलाई ५१ किलोको माला

४ कात्तिक , बुटवल । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई ५१ किलोको मालासहित नागरिक अभिनन्दन गरिएको छ । रुपन्देहीको मर्चबारमा एक कार्यक्रमका बीच मिश्रलाई सम्मान गरिएको हो ।

मर्चवार क्षेत्रका कोटहीमाई, समरीमाई, मायादेबी र मर्चवारी गाउपालिकाका बासिन्दाले प्रधानन्यायाधीश मिश्रलाई ५१ किलोको माला, बुद्ध भगवानको मूर्ति र सम्मानपत्र सहित दोसल्ला ओढाएर अभिनन्दन गरे ।

प्रधानन्यायाधीश मिश्रले मर्चवारसहित समग्र लुम्विनीबासीका नागरिक र जनप्रतिनिधिहरुलाई धन्यवाद दिए । उनले मर्चवार क्षेत्रमा शिक्षाको आवश्यक रहेको बताउँदै एक छाक खाएर भए पनि आफ्नो छोराछोरीलाई पढाउन आग्रह गरे ।

उनले योग्यता भएमा पदले आफैं खोज्ने बताउँदै पदका लागि भाैंतारिन नपर्ने बताए । विकासको पहिलो आधार शिक्षा भएकाले सबै नागरिकले आफना बालबालिकालाई उचित शिक्षा दिएर मुलुक निर्माण गर्नुपर्नेमा जोड दिए ।

क्षेत्र नम्बर ४ -मर्चवार) का प्रतिनिधिसभा सदस्य प्रमोद यादवले मर्चवार क्षेत्रले प्रधानन्याधीश पाएकोमा खुशी व्यक्त गरे । पाँच नम्बर प्रदेशसभा सदस्य वसिउद्दिन खाँनले मर्चवार क्षेत्रका मिश्र प्रधानन्याधिश भएकोमा मर्चवार क्षेत्रवासी गौरवान्दित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment