+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ग्रीन टि कति, कसरी पिउँदा स्लिम, तन्दुरुस्त र निरोगी भइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १०:२३

ग्रीन टि सेवन गर्न सुरु गरेकाहरु भन्छन्, ‘खै मेरो त तौल घट्दै घटेन ?’ कतिले भन्छन्, ‘ग्रीन टि पिएको पिएकै छु, खै केही प्रभाव पर्दैन त ?’ कतिले भन्छन्, ‘ग्रीन टि पिएको मेरो त रोग नै निको भएन ।’

यी सवै प्रश्नको एउटै जवाफ हो, ‘ग्रीन टि त्यस्तो कुनै चमत्कारिक ओखती होइन, जसले क्षणभरमै प्रभाव पार्छ ।’

ग्रीन टिबारे अहिले धेरैलाई जानकारी भएपनि यसले कसरी काम गर्छ वा यसको प्रभाव के हुन्छ भन्नेबारे थाहा नहुन सक्छ । ग्रीन टि सामन्यत अन्य चिया जस्तै हो, खासगरी अर्थोडक्स चिया । हामीले दुधसँग सेवन गर्ने सिटिसी चिया (दानादार) भन्दा चाहि धेरै फरक हो ।

ग्रीन टि पहाडी क्षेत्रका चिया बगानको उत्पादन हुन्, जसलाई तयार गर्ने प्रक्रिया केही फरक हुन्छ । हरियो चिया पत्ती कारखानामा ल्याइसकेपछि त्यसलाई ओइलाउने, माड्ने र सुकाउने प्रक्रिया अरुभन्दा केही भिन्न हुन्छ । साथै, ग्रीन टि एउकै गुणस्तर, एकै स्वाद वा एकै रुपको पनि हुँदैन । थरीथरीका ग्रीन टि बन्छ । तर, ति सबैमा पाइने पोषक तत्वमा एकरुपता हुन्छ ।

ग्रीन मूलतः एन्टिअक्सिडेन्टको स्रोत हो, जो हाम्रो शरीरका लागि अति आवश्यक पोषक तत्वमा पर्छ । एन्टिअक्सिडेन्ट अन्य खानेकुरा पनि पाइन सकिन्छ, तर ग्रीन टि त्यसमध्ये उत्कृष्ट स्रोत हो ।

यसमा एपिगलोकेटेशिन-३ गलेट जस्ता तत्व हुन्छ, जसले शरीरमा क्यान्सरको कोशिका बढ्न दिदैन । अध्ययनहरुले भन्छ, ग्रीन टिको समूचित सेवनले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम हुन्छ । यस्ता थुप्रै तत्वहरु हुन्छन्, जसले शरीरमा प्रत्यक्ष फाइदा गर्छ ।

जस्तो कि, ग्रीन टिले उच्च रक्तचाप, मधुमेह नियन्त्रणमा सघाउँ पुर्‍याउँछ । तर, यो उच्च रक्तचाप र मधुमेहको औषधी होइन, जो सेवन गर्नसाथ तुरुन्तै समस्या ठिक हुन्छ ।

त्यस्तै ग्रीन टिले कोलेस्टोर नियन्त्रण गर्छ, हड्डी बलियो बनाउँछ, छालामा चमक ल्याउँछ, शरीरको वोसोपन घटाउँछ । यावत् गुणहरुले गर्दा ग्रीन टिलाई गुणी पेय मानिन्छ ।

ग्रीन टि कुनैपनि रोग तत्काल निर्मूल बनाउने औषधी होइन । बरु यसको नियमित सेवनले ति रोगहरु लाग्ने संभावनालाई कम गर्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

ग्रीन टिले मोटोपन घटाउँछ, उच्च रक्तचाप नियन्त्रण गर्छ, छालामा चमक ल्याउँछ । यी विभिन्न अध्ययनबाट पुष्टि भइसकेका वैज्ञानिक आधार हुन् । तर, आज ग्रीन टि पिउन सुरु गर्‍यो, भोलि नै त्यसको नतिजा खोज्नु हुँदैन । किनभने ग्रीन टि भनेको आयुर्वेदिक महत्वको पेय हो, जसले प्राकृतिक रुपमा विस्तारै तर दीगो रुपमा हामीलाई रोगमुक्त गराउँछ ।

ग्रीन टि पिएर त्यसबाट लाभ लिनका लागि पिउने विधी, समय सबैकुरा थाहा हुनुपर्छ । जथाभावी सेवन गर्दा त्यसको प्रभावकारीता उस्तै रहँदैन । त्यसैले ग्रीन टि कसरी, कति र कुन समयमा पिउने भन्ने हेक्का राख्नुपर्छ ।

कसरी पिउने ग्रीन टि ?

बजारमा थरीथरीका ग्रीन टि पाइन्छ । अहिले धेरैजसो त टि ब्यागमा पनि उपलब्ध छन् । तर, ग्रीन टि खुला -टि ब्यागमा नराखिएको)बढी प्रभावकारी हुने बताइन्छ । त्यस्तै ग्रीन टि खरिद गरिरहँदा त्यो कुन बगान वा कुन स्थानको हो भनेर पनि जानकारी लिनुभयो भने राम्रो हुन्छ । किनभने यहाँ खपत हुने ग्रीन टि हाम्रै उत्पादन हुन् । खासगरी पूर्वी पहाडका थुप्रै जिल्लामा ग्रीन टि तयार हुन्छ । त्यसमध्ये पनि उच्च भेगको, अग्र्यानिक उत्पादन राम्रो हुन्छ ।

ग्रीन टिको बारेमा जानकारी लिइरहँदा त्यसको प्रयोग विधी जान्नैपर्छ । यदी सही ढंगले प्रयोग गरिएन भने साइड इफेक्ट पनि हुनसक्छ ।

१. ग्रीन टिलाई त्यसको भाँडो (ग्रीन टिकै लागि विशेष किसिमले तयार गरिएको)मा तयार गर्न सकिन्छ वा छुटै मग वा गिलासमा पनि तयार गर्न सकिन्छ । ग्रीन टि राखिसकेपछि त्यसमा तातो पानी हालेर उक्त पानी फ्याक्नुपर्छ । यसले गर्दा ग्रीन टिमा रहेका धुलो पखालिन्छ । त्यसपछि पुन तातो पानी राख्नुपर्छ ।

–     ग्रीन टि ताजा पिउनुपर्छ । लामो समय राखेको ग्रीन टि पिउनु त्यती प्रभावकारी हुँदैन । लामो समयसम्म ग्रीन टि भिजाएर राख्दा त्यसमा रहेको भिटामिन र एन्टि अक्सिडेन्ट नष्ट हुन्छ । त्यही कारण यसको पुरा लाभ उठाउन सकिदैन ।

–     विहान, बेलुकी, दिउसो जुनसुकै समयमा ग्रीन टि पिउन सकिन्छ । तर, विहान उठ्नसाथ खाली पेटमा ग्रीन टि पिउनु हुँदैन । खाना खानसाथ वा खाना खानुअघि पनि ग्रीन टि पिउनु त्यती राम्रो होइन । खाना खानुभन्दा अघि वा पछि आधा घण्टाको ग्याप राखेर पिउनुपर्छ ।

–     विहान ब्रेकफास्टका साथमा ग्रीन टि पिउनु प्रभावकारी हुन्छ ।

–     दिनमा तीन वा चार कप ग्रीन टि पिउनुपर्छ । त्यसभन्दा धेरै वा थोरै ग्रीन टि पिउनु उति प्रभावकारी मानिदैन ।

–     अत्याधिक मात्रामा ग्रीन टि सेवन गर्दा त्यसमा एन्टिअक्सिडेन्ट र फ्लवोनोइडस अधिक मात्रामा हुने भएकाले कलेजोमा असर गर्न सक्छ ।

–     ग्रीन टिमा चिनी, दुध मिश्रण गर्नै हुँदैन । बरु महसँग मिश्रण गरेर सेवन गर्दा दोब्बर फाइदा हुन्छ ।

–     ग्रीन टिमा मह मिसाएर सेवन गर्दा फ्याट बर्न एकदमै राम्ररी हुन्छ । यसले पाचन यन्त्रलाई पनि बलियो बनाउँछ ।

–     ग्रीन टि कुनैपनि औषधीसँग सेवन नगरौं ।

–     न्युन रक्तचाप भएकाहरु, गर्भवती वा कुनै गंभिर शारीरिक समस्या झेलिरहेकाहरुले चिकित्सकको सल्लाहमा मात्र ग्रीन टि सेवन गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?