Comments Add Comment

‘हिरो नम्बर वान’: नामको मात्रै कि, कामको पनि ?

नेपाली सिनेमाका नम्बर वान हिरो को हुन् ? तपाईं फ्याट्ट यसको जवाफ दिन सक्नुहुन्छ । नम्बर वान हिरोइन ? यसको जवाफ पनि तपाईंको ओंठमै झुन्डिएको छ । किनभने यसरी ‘नम्बर वान’को ट्यागले सुशोभित हिरो-हिरोइन हाम्रो उद्योगमा पनि छन् । तर, उनीहरुलाई ‘नम्बर वान्’ बनाउने आधार के हो ?

स्टारडम ? अभिनय ? फिल्मको संख्या ? करियरको अवधी ?

सामान्य हिसाबले नम्बर वान्को अर्थ हुन्छ, सबैभन्दा धेरै चलेका, सबैभन्दा धेरै पैसा लिने ।

तर, नम्बर वान्को ट्याग भिरेका नायक नायिकाले नेपाली चलचित्रको पर्दामा आफूलाई कसरी र कस्तो भूमिकाले साबित गरे ? यहाँ बहस गर्न उपयुक्त होला ।

१. राजेश हमाल

३ सय भन्दा बढी चलचित्रमा काम गरेका नायक राजेश हमालले आफ्नो करिअरमा लामो समयसम्म नम्बर १ को उपाधि पाए । अहिले पनि उनलाई विभिन्न उपनाम दिइन्छ ।

लामो समयसम्म नम्बर १ को उपाधि पाएका राजेश हमालले आफूलाई रिस्क जोनमा कहिले राखेनन् । जहिले सुरक्षित तरिकाले उनले काम गरे । ३ सय बढी चलचित्रमा काम गरेका राजेश हमाल आफैले पनि ४ वटा चलचित्रको नाम राम्रोसँग भन्न सक्दैनन् । यसको अर्थ, उनले नम्बर १ को पद त पाए तर फरक खालको भूमिका गर्ने हिम्मत गरेनन् ।

 

२. निखिल उप्रेती र विराज भट्ट

नेपाली चलचित्रमा कुनै समय निखिल उप्रेती र विराज भट्टको पनि दबदबा थियो । यी दुबै नायकमा नम्बर १ को भन्ने खालको लडाई पनि हुन्थ्यो । तर, दुबैको अभिनय आजसम्म पनि सुधारिएको छैन । डान्सको त कुरै नगरौ । एक्सन गरेको भरमा उनीहरुले केही बर्ष राज गरे । तर, निखिल र विराजको चलचित्र संझिने हो भने पनि त्यस्तो लायकको कुनै छैन ।

३. रेखा थापा

नेपालमा नायक जस्तो शक्तिशाली नायिकाको रुपमा रेखा थापालाई हेरिन्छ । रेखा थापाले पनि एक दशक भन्दा बढी नम्बर १ को  उपाधि पाइन् । रेखा थापाले अभिनय गरेका चलचित्र सिंगल हलमा सधै चले, मल्टिप्लेक्समा त प्रवेश पनि राम्रोसँग गर्न पाएनन् ।

रेखा थापाले काम गरेका चलचित्रमा कि त प्रेम भए, कि त एक्सन । उनले अझै पनि त्यस्तो विशेष भूमिकामा काम गरौ भन्ने आट गर्न सकेकी छैनन् । तर, पनि उनी लामो बर्ष नम्बर १ को पगरी बोक्न सफल भइन् ।

४. प्रियंका कार्की

नायिका प्रियंका कार्की  रेखा थापाको नम्बर १ को उपाधि खोस्दै विगत केही बर्षदेखि नेपाली चलचित्रको नायिकाहरुमा शिर्ष स्थानमा छिन् । प्रियंका कार्कीको नम्बर १ को पगरी अब विस्तारै खोसिन पनि थालेको छ ।

तर, प्रियंका कार्कीले पनि यो छोटो अवधीमा चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, विदेशका कार्यक्रम सबै भ्याइन् । तर, आजसम्म उनका पनि संझनलायक कुनै पनि चलचित्र छैनन् ।

प्रियंका कार्कीले सधै आफूलाई सेफ जोनमा राखेर काम गरेको देखिन्छ । उनले रिस्क लिएर आफूलाई सोलो नायिकाको रुपमा उभ्याउने प्रयास नै गरिनन् । नम्बर १ को उपाधि त उनले पनि पाइन्, तर अर्थहिन ।

५. साम्राज्ञी राज्यलक्ष्मी शाह

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज पनि अहिले चुलिएको छ । यूवापुस्तामा उनी अहिलेको नम्बर १ नायिका भन्ने बहस पनि चल्छ । पि्रयंका कार्कीले गुमाउँदै गएको स्टारडम अब साम्राज्ञीको हातमा आएको छ भन्नेहरु पनि छन् । तर, साम्राज्ञीले काम गरेका ५ वटा चलचित्रको कथावस्तु हेर्ने हो भने उनले पनि आफूलाई तत्काल फरक भूमिकामा प्रस्तुत गर्नुपर्ने देखिएको छ ।

उनले सुरु गरेको डि्रम्सदेखि इन्टु मिन्टु लण्डनमासम्म आइपुग्दा उनको अवस्था पनि सुधारिएको छैन । एउटै खालको अभिनयले साम्राज्ञीले केही समय नम्बर १ को उपाधि त पाउलिन्, तर लामो रेशको घोडा बन्न मुश्किल छ ।

नेपालमा आर्यन सिग्देल र जीवन लुइटेलविच पनि नम्बर १ नायकको लडाई चल्यो । तर, दुबैले संझनलायक र फरक भूमिका गर्ने कोशिश गरेनन् । अहिले नायक अनमोल केसी, प्रदिप खड्काविच यो उपाधिका लागि लडाई छ । तर, उनीहरु पनि चकलेटी अनुहारकै भरमा टिकिरहेको चर्चा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment