Comments Add Comment

नेपाली मूलकी खेलाडी केमिका भण्डारीको टोली पोलो प्रतियोगितामा बिजयी

५ कात्तिक, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने नेपाली मूलकी केमिका भण्डारीको टोलीले गत अक्टोबर २० तारिखमा भएको मैत्रीपूर्ण पोलो प्रतियोगितामा बिजय हासिल गरेको छ ।

मेरिल्याण्ड राज्यको पश्चिमी भागमा अवस्थित पुल्सभिल शहरमा सम्पन्न पोलो चक्करमा भण्डारीको खेल टोली ९-८ गोलले बिजयी भएको थियो । उक्त दिन चार वटा खेल समूह बीच भएको प्रतियोगितामा भण्डारी कंग्रेसनल पोलो क्लबबाट खेलेकी थिइन् । कंग्रेसनल पोलो क्लबले समरहिल पोलो कल्बलाई मैत्रिपूर्ण खेलमा हराएको थियो ।

भण्डारीको टोलीका ३ जना र विपक्षका ३ जना गरेर ६ जना खेलाडीहरु रहेका थिए । उक्त खेलमा पुरुष तथा महिला दुवैले खेल्न सक्ने छन् भने उक्त खेलमा एक निर्णायक रहेका थिए । उक्त खेलमा १० मिनेटको मध्यान्तर रहेको थियो ।

भण्डारीको टोलीले पहिलो चरणमा खेल्न पाएको थियो भने अर्को टोलिले दोश्रो चरणमा खेल खेलेको थियो । अर्को खेल समूहमा माउनटेनभ्यू पोलो क्लबले  सेनेका पोलो क्लबबिरुद्ध खेल खेलेको थियो । मेरिल्याण्डको पुल्सभिलस्थित सेनेका पोलो क्लबमा सम्पन्न उक्त पोलो चक्कर खेलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment