+
+
Shares

दशै विदामा सर्वोच्चमा ८ वटा बन्दी प्रत्यक्षीकरण रिट

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १३:१४

५ कात्तिक, काठमाडौं । घटस्थापनाका दिनदेखि सोमबारसम्म सर्वोच्च अदालतमा परेका ८ वटा बन्दी प्रत्यक्षीकरण रिट परेको छ । जसमध्ये ४ वटा रिट निवेदनमा फैसला भई रिट खारेज भएका छन् ।

त्यसैगरी ३ वटा रिट निवेदनका सम्बन्धमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएर बन्दीहरु छुटेको सर्वोच्चका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए ।

एउटा बन्दी प्रत्यक्षीकरणको रिटकोे सम्बन्धमा सोमबार इजलास तोकिएको छ । टंकबहादुर खड्काको हकमा सविना खड्काले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सम्बन्धमा सोमबारका लागि इजलास तोकिएको उनले जानकारी दिए ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ मा न्यायलयमा ३ दिन भन्दा बढी सार्वजनिक विदा भएमा बन्दी प्रत्यक्षिकरणको मुद्दा हेर्नका लागि पूर्ण इजलासबाट न्यायाधीश तोक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार १५ दिने सार्वजनिक विदाकै क्रममा परेका बन्दी प्रत्यक्षीकरणका रिट निवेदन हेर्नका लागि सर्वोच्च अदालतको पुर्ण बैठकबाट न्यायाधाीशहरु प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ, केदारप्रसाद चालिसे, दीपकराज जोशी र सपना प्रधान मल्ल तोकिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?