+
+
Shares

अहिले पनि कांग्रेस बलियो छ : महामन्त्री कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ५ गते १७:२३

५ कात्तिक, विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा कोइरालाले सो कुरा बताउँदै जति सक्दो पार्टीको महासमितिको बैठक बस्नुपर्ने पर्नेमा जोड दिए । उनले पार्टीभित्र देखिएको गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै यसको जस–अपजस नेतृत्वले मात्र होइन सबैले लिनुपर्नेमा जोड दिए ।

सोही अवसरमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे ।

उनले वर्तमान सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधान पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न नेपाली काङ्ग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?