+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ओजिलको उत्कृष्ट प्रदर्शनसँगै आर्सनल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ६ गते १२:०४

काठमाडौं । मेसुट ओजिलको उत्कृष्ट प्रदर्शनसँगै आर्सनलले लिसेस्टर सिटीमाथि सहज जित हात पारेको छ र इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।

मंगलबार विहान भएको खेलमा आर्सनलले लिसेस्टरलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

खेलमा ओजिलले मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे । बराबरी गोल फर्काएका उनले दोस्रो गोलका लागि पास दिए भने तेस्रो गोलका लागि पनि भूमिका खेले ।

आर्सनलका लागि उनको यो स्मरणीय प्रदर्शन मध्ये एक हो ।

इमिरेट्स स्टेडियममा भएको खेलको ३१ औं मिनेटमा लिसेस्टरले उपहार गोलबाट अग्रता लियो । आर्सनलका हेक्टर बेलेरिनले आत्मघाती गोल गरेका हुन् ।

तर, ४५औं मिनेटमा ओजिलले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरी दिलाए । दोस्रो हाफमा आर्सनल हावी भयो । खेलको ६३औं मिनेटमा अबमेयङले गोल गर्दै आर्सनललाई २-१ गोलको अग्रता दिलाए । त्यसको ३ मिनेटपछि नै ब्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-१ गोलको अग्रता दिलाएका थिए ।

जितसँगै ९ खेलबाट २१ अंक जोडेको आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीबमे समान खेलबाट २३ अंक छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?