Comments Add Comment

मुसीकोटमा वौद्धिक सम्मेलन, ३५ बुँदे घोषणापत्र जारी

६ कात्तिक, गुल्मी । मुसीकोट नगरपालिकाले आयोजना गरेको वौद्धिक सम्मलेन ३५ वुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ ।

वामीटक्सारमा आयोजित दुई दिने सम्मेलनले ५ वटा मुख्य वुँदा र ९ वटा सहायक वुँदासहित ३५ बुँदे घोषणपत्र जारी गरेको हो । सम्मेलनले सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सामाजिक सेवा तथा सुशासन बुँदामा घोषणा पत्र तयार गरेको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

मुसीकोट नगरपालिकामा जन्मेर देश विदेशमा रहेका वौद्धिक व्यक्तित्वको भेलाले नगरपालिकाको विकास र समृद्धिको खाका तयार गरेको हो । घोषणा पत्रमा कला संस्कृतिको संरक्षण गर्न संग्रहालय स्थापना गर्ने, खुल्ला तथा दूरशिक्षाका माध्यमबाट स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

प्रत्येक विद्यालयमा नर्सको व्यवस्था गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, बागलुङको खारदेखि रुद्रवेणीसम्म बडिगाड खोलामा र्‍याफ्टिङ सञ्चालन गर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ ।

जडिवुटीमा आधारित औषधि उद्योग स्थापना गर्ने, जैविक विविधता संरक्षण क्षेत्र घोषणा गर्ने, नगरपालिकामा दमकल र एम्वुलेन्स व्यवस्था गर्नेलगायतका विषय पनि घोषणापत्रमा राखिएको छ । मुसीकोट नगरपालिकाले आगामी छ महिनाभित्रमा तयार गर्न लागेको नगरको गुरुयोजनालाई घोषणापत्रले मार्गनिर्देश गर्ने सम्मेलन आयोजक समिति संयोजक प्रकाश काफ्लेले बताए ।

घोषणापत्र तयार गर्न प्रा.डा. ताराप्रसाद सापकोटाको संयोजकत्वमा प्रा.डा. जिवलाल सापकोटा, प्रा.डा. पारसमणि भण्डारी, प्रा.डा.बुद्ध थापा र सह प्रा.डा. ज्ञानबहादुर थापा रहेको ५ सदस्यीय घोषणा पत्र तयारी समितिको गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment