Comments Add Comment

कतार एयरवेज ग्रुपका सिईओले भने- ‘अमेरिकी बजार निकै महत्वपूर्ण’

६ कात्तिक, काठमाडौं । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अकबर अल बकेरले जन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान सेवाको लागि अमेरिकामा पहिलो पटक सञ्चालनमा ल्याइने अत्याधिक अपेक्षित A350-1000 को आगमनको छलफलका लागि सञ्चारकर्मीहरुसँग राउण्डटेबल भोजन कार्यक्रमको आयोजन गरेका छन् ।

कार्यक्रममा कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृथ बकेरले कतार एयरवेजको लागि अमेरिकी बजार निकै महत्वपूर्ण रहेको बताए । त्यसैकारण पनि संसारकै ठूलो उड्डयन बजारलाई सेवा प्रदान गर्न मात्र नभई अमेरिकी बजारमा लगानी गर्न पाउँदा पनि कम्पनी हषिर्त रहेको उनको भनाई छ ।

‘हामीले यस A350-1000 विमानको सुरुवातलाई यस क्षेत्रको हवाई सेवा समुदायको महत्वपूर्ण सदस्यको रुपमा स्थापित कतार एयरवेजको प्रतिष्ठालाई निरन्तर सुदृढ गर्ने आधारभूत पाइलाको रुपमा हेरेका छौँ र भविष्यमा यस क्षेत्रमा थप विस्तार योजना ल्याउने आशा गरेका छौँ’, उनले भने ।

यस एयरलाइनको वानवल्र्ड एलायन्स अन्तर्गत आˆनो कार्यसञ्चालनमा उक्त विमान समावेश गर्न अत्यन्तै उत्साहित रहेको कम्पनी बताउँछ ।  उक्त A350-1000 विमान विभिन्न गन्तव्यहरुसम्म उडान भर्ने र त्यसको विस्तृत विवरण आगामी महिनाहरुमा सार्वजनिक गरिने कतार एयरवेजले जानकारी दिएको छ ।

कतार एयरवेजले यसै वर्ष मात्र अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संगठन स्काइट्रेक्सद्वारा सञ्चालित विश्व हवाई सेवा अवार्ड (वल्र्ड एयरलाइन अवार्ड) २०१८ मा ‘सर्वोत्कृष्ट बिजनेस क्लास’ लगायत विभिन्न पुरस्कारहरु हात पारेको थियो ।

‘सर्वोत्कृष्ट बिजनेस क्लास सिट’, ‘मध्य-पूर्वी क्षेत्रको सर्वोत्कृष्ट एयरलाइन’ तथा ‘विश्वकै सर्वोत्कृष्ट फस्र्ट क्लास एयरलाइन लाउन्ज’ उपाधिद्वारा एयरलाइन सम्मानित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment