Comments Add Comment

श्रीलंकाको सान्त्वना जित, सिरिज इंग्ल्यान्डलाई

७ कात्तिक, काठमाडौं । श्रीलंकासँगको अन्तिम तथा पाचौं एक दिवसीय खेलमा लज्जास्पद हार ब्यहोरे पनि इंग्ल्यान्डले सिरिज भने जितेको छ ।

५ खेलको एक दिवसीय क्रिकेट सिरिज इंग्ल्यान्डले ३–१ ले जितेको हो । यद्यपि, मंगलबार राति सम्पन्न सिरिजको अन्तिम खेलमा भने घरेलु टिम श्रीलंकाले इंग्ल्यान्डलाई डकवर्थ लुइस मेथोडमा २१९ रनको भारी अन्तरले पराजित गरेको हो ।

३५२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले २६.१ ओभरमा ९ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ६७ र मोइन अलीले ३७ रन बनाए पनि अन्य ब्याट्सम्यान भने चल्न सकेनन् ।

श्रीलंकाका लागि एकिला धनन्जयले ४ र दुस्मान्था चमिराले ३ विकेट लिए ।

कोलम्बोस्थित आर प्रेमदसा रंगशालामा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३६६ रन बनाएको थियो । तर दोस्रो इनिङ सुरु हुने बेला पानी परेपछि इंग्ल्यान्डले ३५२ रनको चुनौति पाएको थियो ।

श्रीलंकाका लागि निरोशान डिक्वेल्लाले ९५, कप्तान दिनेश चन्डिमालले ८०, कुशल मेन्डिसले ५६ र सदिरा समराविक्रमाले ५४ रन बनाए ।

श्रीलंका र इंग्ल्यान्डबीचको पहिलो एक दिवसीय खेल वर्षाको कारण रद्द भएको थियो । दोस्रो, तेस्रो र चौथो एक दिवसीय खेलमा भने इंग्ल्यान्डले लगातार जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment