+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कति बेरसम्म हेर्न सक्नुहुन्छ यी तस्वीर ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १२:०७

यी तस्वीर हेर्नुहोस् त । कति बेरसम्म एकटकले हेरिरहन सक्नुहुन्छ ? पक्कैपनि केहीबेर हेर्दाखेरि नै रिङ्गटा लाग्न थाल्यो होला होइन ?

हेरिरहँदा यी तस्वीर हल्लिरहेको देखिन्छ । तर ढुक्क हुनुहोस् यो कुनै भिडियो वा एनिमेटेड जिआइएफ होइन । यी अप्टिकल इल्यूजन वा दृष्टिभ्रमको एक उदाहरण हुन् ।

यो तस्वीर इन्टरनेटमा निकै शेयर हुने गरेको छ । लाखौँ मानिसले यो तस्वीर शेयर गर्ने गरेका छन् ।

यो तस्वीर सबैभन्दा पहिले स्नायुविज्ञ एलिस ब्रोवर्बले ट्विटरमा शेयर गरेकी थिइन् । मल्टिमिडिया आर्टिस्ट बा डिलले यो दोश्रो तस्वीर तयार गरेका हुन् ।

वैज्ञानिकका अनुसार वस्तुको चलायमानताको पहिचान गर्ने मस्तिष्कको भाग भी फाइभ र रङ तथा आकृतिको पहिचान गर्ने भाग भी फोरबीचको द्वन्दका कारण हामीले यस्तो रंगीत तथा भ्रामक तस्वीर हल्लिरहेको देख्दछौँ । हेरौँ दृष्टिभ्रम उत्पन्न गराउने केही तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?