+
+

मलाइकालाई भेट्न इटली पुगे अर्जुन, ‘लभ’को अर्थ के ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १२:१५

बलिउडकी चर्चित आइटम गर्ल मलाइका अरोरा खान आफ्नो व्यक्तिगत जीवन र हट फिगरका कारण सधै नै चर्चामा रहन्छिन् । मलाइका अरोरा खान गतबर्ष अभिनेता अरवाज खानसँग डिभोर्स गरेर एक्लै बस्दै आइरहेकी छिन् ।

उनै, मलाइकाले आफ्नो जन्मदिन इटालीमा मनाएकी छिन् । तर, इटालीमा उनले एक्लै जन्मदिन मनाइनन् । उनले, आफ्नो ट्विटरमा शेयर गरेको एक तस्बिरमा ‘लभ’को अर्थ बर्णन गरिएको छ । उनले, कुनै स्थानमा आफूले नसोचेको प्रेम पाउने गरेको समेत खुलासा गरेकी छिन् ।

भारतीय मिडियाले मलाइकाको ‘लभ’को रुपमा नायक अर्जुन कपुर रहेको उल्लेख गरेका छन् । किनकी, चलचित्र ‘नमस्ते लण्डनमा’ रिलिज भएपछि मलाइकालाई भेट्न अर्जुन पनि इटाली पुगेका छन् । अर्जुनकै कारण अरवाज र मलाइकाको डिभोर्स भएको चर्चा अझै पनि बलिउडमा सुन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?