Comments Add Comment

कतार फुटबल संघ र एन्फाबीच सम्झौता

७ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघ (क्युफा) बीच दुई देशको फुटबल विकासका लागि सम्झौता भएको छ ।

दुबै देशको फुटबल विकास गर्न क्युफा र एन्फाले ५ वर्षको लागि सम्झौता गरेको हो । राजधानी दोहामा नेपालको तर्फबाट एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतारको तर्फबाट क्युफाका अध्यक्ष हमद विन खालिफा विन अहमद अल-तानीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब दुबै देशको फुटबलको विकास गर्न यी दुबै संघले एकआपसमा सहयोग र सहकार्य गर्ने छन् । व्यवस्थापन, टेक्निकल एक्स्पर्ट, प्रशिक्षक, रेफ्री, तथा खेलाडीको विकास गर्न एकले अर्कालाई सहयोग गर्नेछन् ।

सम्झौताअनुसार कतारले नेपाललाई विज्ञ तथा प्रविधिको सेवा सुविधा उपलब्ध गर्नेछ । यो सम्झौताले नेपाली फुटबलमा प्रत्यक्ष फाइदा पुग्ने अनुमान गरिएको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार फुटबल संघ (क्युफा) सँग मिलेर काम गर्न पाउनु गौरवको कुरा भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment