७ कात्तिक, काठमाडौं । भारतका कप्तान विराट कोहलीले सबैभन्दा थोरै इनिङमा १० हजार रन बनाउने कीर्तिमान बनाएका छन् ।
बुधबार भएको वेष्ट इन्डिजसँगको दोस्रो एक दिवसीय क्रिकेटमा उनले १० हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । उनले २०५ इनिङबाट १० हजार रन जोडेका हुन् ।
यसअघि सबैभन्दा छिटो १० हजार रन बनाउने कीर्तिमान भारतकै सचिन तेन्दुलकरको नाममा रहेको थियो । उनले २ सय ५९ इनिङमा १० हजार रन पूरा गरेका थिए ।
सचिन तेन्डुलकरले सन् २००१ मा १० हजार रन पूरा गरेका थिए । सन् २०१२ मा क्रिकेट करियरबाट सन्यास लिएका सचिनले एक दिवसीय खेलमा सर्वाधिक १८ हजार ४२६ रन बनाएका छन् ।
वेष्ट इन्डिजविरुद्ध पहिलो खेलमा पनि कप्तान विराटले शतकसहित १४० रन बनाए थिए । कप्तान विराटले एक दिवसीय क्रिकेट ३६ शतक प्रहार गरिसकेका छन् भने ४८ अर्धशतक बनाएका छन् ।
प्रतिक्रिया 4