Comments Add Comment

एक खेलअघि नै सिरिज बंगलादेशलाई, दोस्रो खेलमा पनि जिम्बाब्वे पराजित

८ कात्तिक, काठमाडौं । जिम्बाब्वेसँगको ३ खेलको एक दिवसीय क्रिकेट सिरिजमा लगातार दोस्रो जित हात पार्दै बंगलादेशले एक खेलअघि नै सिरिज आफ्नो कब्जामा पारेको छ ।

बुधबार राति सम्पन्न दोस्रा खेलमा बंगलादेशले जिम्बाब्वेलाई ७ विकेटले पराजित गरेको हो । जिम्बाब्वेले दिएको २४७ रनको चुनौती बंगलादेशले ४४.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।

बंगलादेशका लागि ओपनर लिटोन दास र इम्रुल कायसले उत्कृष्ट प्रदर्शन गरे । कायसले ९० र लिटोनले ८३ रन बनाएपछि बंगलादेश जित सम्भव भएको हो । कायस र लिटोनले पहिलो विकेटको लागि १४८ रनको साझेदारी गरेका थिए ।

त्यस्तै, बंगलादेशका मुश्फिक्युर रहिमले अविजित ४० र मोहम्मद मिथुनले अविजित २४ रन बनाए । जिम्बाब्वेका लागि शिकन्दर राजाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २४६ रन मात्रै बनाएको थियो । जिम्बाब्वेका लागि ब्रेन्डन टायलोरले ७५ र शिकन्दर राजाले ४९ रन बनाएका थिए । बंगलादेशका लागि बलिङतर्फ मोहम्मद साइफुदिनले ३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment