Comments Add Comment

बीपी राजमार्ग सुधार्न जापानको १ अर्ब अनुदान

८ कात्तिक, काठमाडौं । बिपी राजमार्गको पुनर्निर्माणका लागि जापानले अनुदान उपलब्ध गराउने भएको छ । बनेपा-सन्धुली-बर्दिवास जोड्ने राजमार्ग पुनर्निर्माण गर्न जापानले १ अर्ब ८ करोड रुपैयाँ अनुदान सहयोग गरेको हो ।

अनुदान सम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर भयो । नेपालका तर्फबाट अर्थ सचिव राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिचि साइगोले हस्ताक्षर गरे ।

बिपी राजमार्ग भूकम्प र ओभरलोडेड सवारीका कारण विभिन्न भागमा बिग्रिएको छ । केही भागमा पहिरो खासेर समस्या छ । यो राजमार्ग जापान सरकारले नै बनाएको हो । अब मर्मत पनि उसैले गरिदिन लागेको छ ।

जापानले राजमार्ग मर्मतका लागि अनुदान सहयोग नै गरेको छ । १६० किलोमिटरको यो राजमार्गका झण्डै २ दर्जनस्थानमा पुनर्निर्माण आवश्यक देखिएको छ ।

राजमार्गको संरक्षण्मा सरकार चुक्दा बिपी राजमार्गको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment