८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ ।
सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ ।
बैठकपछि महासचिव पौडेलले भने प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गर्ने र त्यसलाई सचिवालय बैठकले टुंगो लगाउने गरी सचिवालय सदस्य रामबहादुर थापा र मलाई जिम्मेवारी दिइएको छ ।’
नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ । त्यस्तै बिहीबारको सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने जिम्मा पनि उक्त कार्यदललाई नै दिएको महासचिव पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4