Comments Add Comment

‘नेकपा’को नाम विवादमा आयोगले भोलि निर्णय सुनाउने

८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाममाथिको विवादमा निर्वाचन आयोगले शुक्रबार निर्णय सुनाउने भएको छ । आयोगले बिहीबार निर्णय सुनाउने भनिए पनि एक जना आयुक्त उपस्थित नभएकाले निर्णय नगरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता दीपक सुवेदीले निर्णय शुक्रबार गरिने जानकारी दिए । ‘सबै प्रक्रिया पूरा भइसकेको छ, आयुक्तज्यूहरुले कानुनी परामर्शहरु पनि सबै सक्नुभयो’ उनले भने ‘निर्णय भोलि हुनेछ ।’

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखियो । तर निर्वाचन आयोगमा यसअघि नै ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी नामको छुट्टै पार्टी दर्ता थियो ।

सत्तारुढ नेकपाले आफूहरुको नाम जुधाएको भन्दै कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा उजुरी दिएको थियो । उक्त उजुरीमाथि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको इजलासले निर्णय गर्नेछ । बिहीबारको इजलासमा आयुक्त इला शर्मा उपस्थित थिइनन् ।

आयोगले बुधबार उक्त उजुरीमाथि छलफल गर्न दुबै नेकपाका प्रतिनिधिहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो । तर सत्तारुढ नेकपाले आफूहरुले नेपाल कम्युनिस्ट पार्टीसँगै कोष्टभित्र (ने क पा) पनि राखेकाले नाम नजुध्ने दावी गर्दै आएको छ ।

यो पनि पढ्नुहोस निर्वाचन आयोगमा ‘नेकपा’ को झगडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment