Comments Add Comment

गहुँबाट बन्ने आटा राम्रो, मैदा किन हानिकारक ? यी हुन् भित्री कारण

एउटा ठट्यौली छ, ‘रेष्टुरेन्टको मेनु जति हरेेपनि आखिरमा हामीले माग्ने खानेकुरा भनेको मम र चाउमिन हो ।’

खाद्य बजारले पनि करिब यस्तै नतिजा देखाउँछ, खासगरी शहरी क्षेत्रमा । तपाईं चोक-गल्ली जतापनि मम, चाउमिन फेला पार्नुहुन्छ । हाम्रो पि्रय खान्की हुन् यी । जबकी दुबै मैदाजन्य परिकार हुन् । मम र चाउमिन मात्र होइन, अधिकांश फास्टफूड र बजारमा पाइने बिस्कुट, चाउचाउ, चिप्स मैदाले बनेका हुन् । मैदा, चिनी, नुन आदिको मिश्रणबाट यी खानेकुरा तयार भएका हुन् ।

हामीले दैनिक जसो मिठो मानेर खाने यी मैदाजन्य खाद्यपदार्थ शारीरिक स्वास्थ्यका लागि भने अत्यान्तै हानिकारक हुन् । स्वास्थ्य विज्ञानले यसै भन्छ । त्यही कारण स्वस्थ्य जीवन यापनका लागि मैदाजन्य खानेकुरा बर्जित गरिएको छ ।

बजारमा पाइनेजति सबै मिठा खानेकुरा मैदाबाट बनेका छन् । भोक लाग्दा छिटो-छरितो उपलब्ध हुने कुरा पनि यिनै हुन् । त्यसो भए यी खानेकुरा खानै हुन्न ? मैदाजन्य खानेकुरा सेवन गर्दा के हानी हुन्छ ?

जबकी मैदा र आटा दुबै गहुँबाट बन्छ । आटा सेवन गर्नु राम्रो मानिन्छ । तर, त्यही गहुँबाट बनेको मैदा किन हानिकारक ?

किन हानिकारक मैदा ?

तपाईं, हामी सोच्छौं, आटा पनि गहुँ पिसेर बनाइन्छ । मैदा पनि गहुँ पिसेर नै बनाइन्छ । तब आटा फाइदाजनक हुन्छ, मैदा किन हानिकारक ?

सही हो, आटा र मैदा दुबै गहुँबाट बन्ने हो । तर, यी दुबै बन्ने प्रक्रिया फरक छ । आटा बनाउँदा गहुँको पहेंलो भाग अर्थात माथिल्लो पत्र  (बोक्रा) उप्काइदैन । यही पत्र फाइबरको एकदम राम्रो स्रोत हो । त्यसैगरी आटालाई खस्रो पिसिन्छ । यसले गर्दा गहुँमा रहेको पोषक तत्व नष्ट हुँदैन ।

अब मैदा कसरी बनाइन्छ त ?

मैदा बन्ने प्रक्रिया फरक छ । मैदा बनाउँदा गहुँको माथिल्लो पत्र (बोक्रा) उप्काइन्छ । बाँकी रहेको सेतो भागलाई एकदम मिहिन ढंगले पिसिन्छ । यही कारण मैदामा कुनै पोषक तत्व बाँकी रहँदैन साथै फाइबर पनि ।

रसायनले मैदा सेतो

तपाईं/हामीले देखेका छौं, गहुँको सेतो भाग कस्तो हुन्छ ? पक्कैपनि मैदा जति निख्खर सेतो हुँदैन । मैदा चहकिलो सेतो रंगको हुन्छ, जुन गहुँ हुँदैन । त्यसैले मैदालाई सेतो बनाउनका लागि रसायन मिश्रण गरिन्छ, जो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ ।

क्याल्शियम परअक्साइड, क्लोरिन, क्लोरिन डाइ अक्साइड अदि जस्ता रसायन प्रयोग गरेर मैदालाई सेतो बनाइन्छ । यी रसायनले हाम्रो शरीरमा एकदम हानी गर्छ ।

आन्द्रामा टाँसिएर रहन्छ

मैदा चिप्लो र मिहिन हुन्छ । साथै यसमा फाइबर पटक्कै हुँदैन । त्यही कारण मैदाजन्य परिकार खाएपछि त्यसलाई हाम्रो पाचन यन्त्रले पचाउन सक्दैन । जब हामी मैदाजन्य परिकार सेवन गर्छाै, त्यो आन्द्रामा टाँसिएर बस्छ । यसले आन्द्रालाई दुषित बनाउँछ । यही कारण पेटको गडबडी एवं अन्य रोग लाग्छ । मैदाले कब्जियतको समस्या पनि निम्त्याउँछ ।

कोलोस्टोर र मोटोपन बढाउँछ

मैदामा स्टार्चको मात्रा एकदम बढी हुन्छ । त्यसैले मैदाजन्य खानेकुरा सेवन गर्दा मोटोपन बढ्छ । अहिलेका पुस्तामा अक्सर मोटोपनको समस्या छ । किनभने उनीहरु दैनिक भोजनमा मैदाजन्य खानेकुरा सेवन गरिरहेका छन् ।

त्यती मात्र होइन, मैदाले कोलोस्टोर र रगतमा ट्राइग्लीसराइडको स्तर पनि बढाएको छ । साथै मैदामा अत्याधिक मात्रामा ग्लूटन पनि पाइन्छ ।

मधुमेहको खतरा

मैदा खानसाथ तुरुन्तै तपाईं/हाम्रो शरीरमा देखिने प्रतिक्रिया हो, सुगर लेभल । मैदा सेवन गर्नसाथ हाम्रो शरीरको शुगर लेभल बढ्छ । किनभने यसमा उच्च ग्लाइसेमिक इन्डेक्स हुन्छ । त्यही कारण मैदाजन्य परिकार मधुमेहको कारण बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment