९ कात्तिक, काठमाडौं । विनोद भण्डारीको विस्फोटक ब्याटिङको मदतमा पोखरा पल्टनले पोखरा पि्रमियर लिग -पीपीएल) क्रिकेटमा सुखद सुरुवात गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो ।
१९८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो ।
विराटनगरको सुरुवाती समयमै विकेट गुमाएको थियो । १७ रन हुदा पहिलो विकेटको रुपमा सुनिल धमलालाई गुमाएको विराटनगरले दोस्रो विकेटको रुपमा प्रदीप ऐरीलाई गुमाएको थियो । विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३०-३० रन बनाए । त्यस्तै, सन्दीप लामिछानेले अविजित १४ रन बनाए ।
त्यस्तै एन्ड्रव सुविकसानले १४, सुनिल धमलाले ११, प्रदीप ऐरी र जितेन्द्र ढकुरीले समान १०-१० रन बनाए । बलिङतर्फ ललितनारायण राजवंशीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९७ रन बनाएको थियो ।
पोखराका लागि आशिफ शेखले ५२, रवि इन्दर सिंहले ४४ र विनोद भण्डारीले अविजित ४१ रन बनाए । विनोदले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ५ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, कुशल भुर्तेलले ३८ रन बनाए । सन्दीप लामिछानेले २ विकेट लिए ।
प्रतिक्रिया 4