Comments Add Comment

‘छक्का पन्जा ३’ पछि के ?

लगातार ३ बर्ष निर्माता दिपकराज गिरी र उनको टिमले ‘छक्का पन्जा’को सिरिज बनायो । लगातार ३ सिरिजले नै ब्लकबस्टर व्यापार गर्‍यो । ‘छक्का पन्जा ३’ले त ‘छक्का पन्जा’को रेकर्ड नै ब्रेक गर्ने देखिएको छ । तर, अब बजारमा चर्चा सुरु भएको छ कि, दिपक र उनको टिमले ‘छक्का पन्जा ३’ पछि के बनाउला ?

निर्माता दिपकराज गिरी आफूहरु तत्काल ‘छक्का पन्जा ४’ नबनाउने बताउँछन् । हाल मुम्बइमा रहेका गिरीले अनलाइनखबरसँग भने-‘हामी अहिले नै छक्का पन्जा ४ बनाउने सोचमा छैनौ । यसका लागि केही बर्ष लाग्छ ।’

उसो भए के त ? दिपकले भने-‘यस बिषयमा छलफल हुँदैछ । हेरौ, चाडै नै केही निष्कर्ष निस्किएला ।’

अनमोल र दिपक एकसाथ

दिपकराज गिरी र उनको टिमलाई वितरक मनोज राठीले गरेको एउटा प्रस्ताव अहिले सोचनिय बनेको छ । त्यो हो, नायक अनमोल केसीको टिम र दिपकराज गिरीको टिम मिलेर सँगै चलचित्र बनाउने र खेल्ने ।

वितरक राठीले गरेको प्रस्तावमा, दिपक र अनमोललाई एकसाथ चलचित्र खेलाउने भन्ने छ । यो कुरामा दुबैजना सकारात्मक पनि देखिएका छन् ।

दिपकले भने-‘हो, यो प्रस्ताव आएको छ । हामी यो बिषयमा पनि सोच्दैछौ । दुबैको भूमिका बराबर भयो भने चलचित्र बन्न सक्छ ।’
यस्तै, नायक भूवन केसीले पनि यो बिषयमा कुरा भएको बताए । उनले भने-‘मनोजले यसो गरे के होला भनेर प्रस्ताव ल्याएका हुन् । यो बिषयमा पहिलो चरणको मात्र कुरा भएको छ । बाँकी कुरा के हुन्छ अहिले नै भन्न सकिदैन ।’

दिपक र अनमोललाई दाज्यू-भाइको भूमिकामा लिएर मनोज चलचित्र बनाउने सोचमा छन् । यो कुरा अहिले भूवन केसी र दिपकराज गिरीको टिममा पनि चलिरहेको छ ।

यदि, तिहारपछि दिपक र अनमोलले एकसाथ चलचित्र खेल्ने निर्णय गरेको खण्डमा, अचम्म नमान्दा पनि हुन्छ । यी दुइले एकसाथ चलचित्र खेले भने नेपाली चलचित्रको बक्स अफिस फेरि एकपटक गर्माउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment