Comments Add Comment

अहो पशुपति धर्मशाला ! नझुक्किनुस् यो तारे होटल होइन

२७ असोज, काठमाडौं । धर्मशाला अर्थात एकदम सस्तोमा बास बस्न सकिने तिर्थयात्रीको आश्रयस्थल । यो एकदम चिरिच्याट्ट र सुविधासम्पन्न हुने आशा गरिँदैन ।

तर, पशुपति क्षेत्रमा नवनिर्मित धर्मशाला यस अर्थमा फरक छ । यहाँभित्रको सरसफाइ र सुविधाहरु हेर्दा कुनै राम्रो लज वा होटलभित्र पसेको महसुस हुन्छ । यो सर्वसाधारणका लागि खुल्ला हुन भने अझै बाँकी नै छ ।

धर्मशालामा सोधपुछ गर्न आउनेको संख्या बढिरहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल बताउँछन् । तिलगंगाको २५ रोपनी क्षेत्रफलमा बनेको धर्मशालामा एकपटकमा ४ सय तीर्थयात्रु बस्न सक्ने उनले जानकारी दिए ।

भारत सरकारको सहयोगमा बनेको धर्मशाला केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई हस्तान्तरण गरेका थिए । यसको स्वामित्व पशुपति क्षेत्र विकास कोषसँग छ ।

भारतले पशुपतिनाथ दर्शनका लागि आउने आफ्ना नागरिकलाई लक्षित गरेर धर्मशाला बनाएको हो । यद्यपि यसमा नेपालीहरु पनि बस्ने बताइएको छ ।

धर्मशालाको सञ्चालन कोषले नै गर्नेछ । तर, कुन मोडलमा गर्ने भन्ने अहिलेसम्म टुंगिएको छैन । केही दिनभित्रै यसको टुंगो लगाइने कोषका सदस्य सचिव ढकालले बताए । ‘धर्मशालालाई होटल जसरी चलाउन सकिन्न’ उनले भने, ‘यहाँ तीर्थयात्री बस्ने भएकाले माछामासु र जाँड रक्सी निषेध गरिन्छ ।’

पर्यटन मन्त्रायलय अन्तरगतको होटल ट्रेनिङ सेन्टरसँग परामर्श गरेर धर्मशाला कोष आफैंले चलाउने कि टेण्डरमार्फत अन्य कम्पनी वा व्यक्तिलाई जिम्मा दिने भन्ने टुंगो लगाइने बताए । जुन मोडलमा चलाइए पनि अनुगमन र रेखदेख भने पशुपति क्षेत्र विकास कोषले आफैंले गर्ने उनले बताए । टेण्डर प्रक्रियामा गए सबैभन्दा सस्तो शुल्कमा धर्मशालामा यात्रुलाई बास बसाउने र खाना खुवाउने प्रस्ताव गर्नेले सञ्चालनको जिम्मा पाउनेछ ।

यो धर्मशाला परिसरमा झण्डै ६० भन्दा बढी सवारीले पार्किङ गर्न सक्छन् । धर्मशालाभित्र १२ वटासम्म बेड भएको ‘कमन रुम’हरु धेरै छन् । सबै बेडरुमका लागि छुट्टाछुट्टै सामान राख्ने घर्राहरु पनि राखिएका छन् । यसमा दुई जनामात्रै बस्न मिल्ने एट्याच बाथरुमसहितका स्वीट बेडरुमहरु पनि छन् ।

यस्तै एउटा सिंगो परिवार नै आएर बस्न सक्ने गरी भीआईपी रुम पनि छ, जसमा छुट्टै बेडरुमहरु छन् । यी रुम निकै ‘स्रेक्रेट’ छन् । भीआईपी रुमभित्रै किचेनसेमत छ ।

ठूला दराहजरु पनि राखिएका छन् ।

धर्मशालाभित्रै भजनकीर्तनका लागि हल पनि बनाइएको छ । बहुउपयोगी हुने गरी अर्को खुला हल पनि छ ।

पुस्तकालयका लागि पनि कोठा छुट्याइएको छ । तर, पुस्तकहरु राख्न बाँकी नै छ । यसलाई तिहार लगत्तै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको ढकालले बताए ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment