Comments Add Comment

अब वैद्य र विप्लवसँग एकता गर्छौं: ऋषि कट्टेल

१० कात्तिक, काठमाडौं । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् ।

निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युष्टि पार्टी -नेकपा)लाई बैधानिकएता दिएपछि कट्टेलले ओली-प्रचण्ड कम्युनिष्ट नभएको दाबी गर्दै वैद्य र विप्लवसँग पार्टी एकता गर्ने बताएका हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा कट्टेलले भने, ‘ओली-प्रचण्डजीहरु आफूलाई कम्युनिष्ट हौं भन्दै जनताका बीचमा जानुभयो, जनताले उहाँहरुलाई भोटपनि दिए । तर, ८ महिनामा दुईतिहाई सरकारका कामकारबाही जनताले हेरिसके । अबको विकल्पको रुपमा हामी उभिनेछौं ।’

उनले अघि भने, खासमा कम्युनिष्ट मुलधारमा आउनुपर्छ, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र म एक ठाउँमा उभिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राख्नुपर्छ भन्नेमा छौं, हामी एक हुन्छौं ।’

उनले सत्तारुढ नेकपालाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयबिरुद्ध अदालत जाने जानकारी दिए । उनले भने,’नाम फरक देखाउनको लागि ओली-प्रचण्डले कोष्ठभित्र (नेकपा) राख्नुभएको छ, त्यो सरासर गलत छ, यो जनतालाई भ्रममा पार्ने खेल पनि हो । जनता यसप्रति सजग हुनुपर्छ ।’

दल दर्तासम्बन्धी ऐनको धज्जी उडाउँदै सरकारी शक्तिको आडमा नेकपा नाम कब्जा गर्न खोजिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment