+

इम्पोलीविरुद्ध युभेन्ट्स २-१ ले विजयी, दुवै गोल रोनाल्डोले गरे

२०७५ कात्तिक  ११ गते ८:२९ २०७५ कात्तिक ११ गते ८:२९
इम्पोलीविरुद्ध युभेन्ट्स २-१ ले विजयी, दुवै गोल रोनाल्डोले गरे

११ कात्तिक, काठमाडौं । क्रिश्चियानो रोनाल्डोको २ गोल मद्दतमा इटालियन लिग फुटबल सिरी एमा युभेन्ट्सले इम्पोलीलाई पराजित गरेको छ । गएराति भएको खेलमा युभेन्ट्स २-१ ले विजयी भयो ।

खेलमा अग्रता भने इम्पोलीले लिएको थियो । २८ औं मिनेटमा क्यापुटोले इम्पोलीका लागि गोल गरेका थिए ।

बराबरी गोल फर्काउन युभेन्ट्सलाई २६ मिनेट संघर्ष गर्नुपर्‍यो । ५४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरी गरे । उनले ७० औं मिनेटमा पनि अर्को एक गोल गरेपछि युभेन्ट्स २-१ ले विजयी भयो ।

यो जितसँगै शीर्ष स्थानको युभेन्ट्सको १० खेलबाट २८ अंक भएको छ । दोस्रो स्थानमा रहेको नापोलीको २१ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय