Comments Add Comment

कस्तो छ साझाले ल्याएको बिजुली बस ? (भिडियाे)

६ कात्तिक, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा विद्युतीय बस सेवा सुरु भएको छ । एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको पाँच वटा विद्युतीय बस लुम्बिनी एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म साझा यातायात प्रालीको व्यवस्थापनमा काठमाडौं उपत्यकामा गुडाउन लागिएको हो ।

यसलाई काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिएको छ । काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने सुरुवात साझाले नै गरेको थियो । साझा यातायात आफैंले विद्युतीय बस भित्र्याउन पहल गरिरहेको प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले जानकारी दिए । थप सामग्रीः कस्तो छ साझाले ल्याएको बिजुली बस ?

हेर्नुहाेस् भिडियाेः 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment