Comments Add Comment

काठमाडौंमा विजुलीको तार अण्डरग्राउण्ड गर्न फेरि टेण्डर

११ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत वितरण प्रणालीलाई अण्डरग्राउण्ड गर्ने कामका लागि पुनः टेण्डर आह्वान गरेको छ । पहिलो चरणमा काठमाडौंको उत्तरी क्षेत्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्र अन्तरगत वितरण काम गरिनेछ ।

अण्डरग्राउण्ड लाइनबाट विद्युत वितरण गर्ने कामको पूर्वाधार तयार गर्ने कम्पनी छनोट गर्न विद्युत प्राधिकरणले टेण्डर आह्वान गरेको हो । गत वर्ष गरिएको टेण्डरमा अनुमानितभन्दा उच्च रकम कबोल गरिएका बोलपत्र परेपछि फेरि टेन्डर गरिएको हो ।

प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार यसअघिको बोलपत्रहरु सारभूतमा रुपमा प्रभावग्राही नभएपछि नयाँ टेन्डर गरिएको हो ।

प्राधिकरणले यसको बोलपत्र डिसेम्बर १२ तारिखलाई बोलपत्र पेश गर्ने अन्तिम मिति राखेको छ । यसबाट छानिने कम्पनीले सामान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने छ ।

पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्ऽका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र आधुनिकीकरण (अटोमेसन) गरिँदैछ ।

योप्रणाली जडान भएपछि विद्युत वितरणको काम अझ बढी प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ । पहिलो चरणमा दुई वितरण केन्द्रमा यो काम सकिएपछि क्रमशः काठमाडौं उपत्यकाका सबै वितरण केन्ऽमा तार भूमिगत गर्ने काम अघि बढाइनेछ । यी वितरण केन्द्र अन्तरगतका ग्राहकको घरमा स्मार्ट मिटर पनि जोँडैछ ।

यो आयोजनाका लागि एसियाली विकास बैंक -एडीबी) ले ऋण सहयोग गरेको छ । यो आयोजनामा एडीबीले १५ करोड अमेरिकी डलर ऋण दिँदैछ ।

नयाा प्रणालीले तारका कारण हुने दुर्घटनाको जोखिम कम हुन्छ । यस्तै शहरी सौन्दर्यमा पनि टेवा पुग्छ भने वितरण व्यवस्था चुस्त बन्छ । सरकारले भविष्यमा देशका सबै भागमा वितरण व्यवस्थामा यो प्रणाली जडान गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment