+
+
Shares

जाकार्ताबाट उडेको लायन एयरको बोइङ सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते ९:२१

१२ कात्तिक, काठमाडौं । इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयरको बोइङ सम्पर्कविहीन भएको छ ।

एकदमै नयाँ बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि नै राडारको सम्पर्कबाट विच्छेद भएको थियो ।

फ्लाइट नम्बर जेटी-६१० जहाज जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको थियो । तर उडेको केही मिनेटमै जहाज सम्पर्कविहीन भएको थियो ।

समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्कविहीन भएको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफले बताएका छन् । अहिले खोजी तथा उद्धार कार्य जारी छ ।

जहाजमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन तर उक्त जहाजको क्षमता २१० यात्रुको थियो ।

यसअघि सन् २०१० मा पनि लायन एयरको हेलिकोप्टर बालीको समुद्रमा दुर्घटना भएको थियो । तर, सबै यात्रुलाई सकुशल उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?