Comments Add Comment

बियरको नाम गणेश राखेपछि…

केही समय पहिले स्विजरल्याण्डमा पूर्वराजा विरेन्द्रको फोटोसहितको वीरेन्द्र वियर उत्पादन गरिएको विषयले विवाद उत्पन्न गरेको थियो । वियरको नामको यस्तो विवाद फेरि निस्किएको छ । बेलायतको एक बियर कम्पनीले हिन्दू भगवान गणेशको नामको बियर उत्पादन गरेपछि विवाद भएको हो ।

इंगल्याण्डको वेस्ट योर्कशायरमा रहेको एक कम्पनीले आफूले उत्पादन गरेको बियरको नाम गणेश राखेपछि धेरै हिन्दू धर्मावलम्बीले विरोध जनाएका छन् ।

तीव्र आलोचनापछि अन्ततः कम्पनीले अबदेखि गणेश नामको बियर उत्पादन बन्द गर्ने घोषणा गर्न बाध्य भएको छ ।

गणेश बियर उत्पादन गर्ने कम्पनीको नाम विशबोन ब्रुअरी लिमिटेड हो ।

गत महिना म्यानचेस्टरमा आयोजित बियर फेस्टिबलमा उक्त कम्पनीले गणेश ब्राण्डको बियर राखेपछि धेरैको ध्यान तानेको थियो र त्यसले चर्चा र विवाद निम्त्याएको थियो ।

खासगरी भारतीय उपभोक्तालाई आकर्षित गर्नका लागि कागती, धनिया अंगूर तथा क्यामोमिललगायतका प्रयोग गरी कम्पनीले उक्त बियर उत्पादन गरेको थियो र नाम पनि गणेश राखेको थियो । तर , मानिसहरुले भगवानलाई रक्सीसँग जोडेको मन पराएनन् । अन्ततः तीव्र विरोधपछि कम्पनीले उक्त नामका बियर उत्पादन नगर्ने निर्ण गरेको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment