+
+

‘चम्क्यो तारा चमक्क’ भन्दै संचिता

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १५:४०

कात्तिक ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गुनगुन’मा समावेश दोश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुइटेल र सन्नी ढकाललाई फिचरिङ गरिएको छ । यो गीतमा प्रदिप भट्टराइको शब्द, विकास चौधरीको संगीत, मेलिना राई र दौलत राइको स्वर छ ।

यो गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ । चलचित्रमा संचिता र सन्नीको साथमा पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

चलचित्रका निर्देशक पुकार भट्टराइले सामाजिक कथामा यो चलचित्र बनेको बताए । प्राथना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?