Comments Add Comment

ओलीको स्वास्थ्यमा थप सुधार, नास्ता खाए, आफैं दाह्री काटे

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक-दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार बिहान जारी गरेको विज्ञप्तिअनुसार रगतको परीक्षण र छातिको एक्सरेको रिपोर्ट सकारात्मक आएको छ ।

सेन्टरका प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘उहाँले आज ब्रेकफास्ट पनि लिनु भएको छ । दाह्री पनि काटेर बस्नु भएको छ ।’

स्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका थिए । उनको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छातिरोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएको छ ।

डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई सुरुमा मुटुको समस्या छ कि भनेर शंका गरिए पनि त्यस्तो छैन । डा. सायमीले भने, ‘प्रधानमन्त्री ज्यूको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । यसैगरी सुधार हुँदै गयो भने हामी एक-दुई दिनमा बालुवाटार फर्काउन सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment