Comments Add Comment

जब बिरालो नै उत्रियो ‘क्याटवाक’ मा

मोडलहरु र्याम्पमा उत्रिएर खुट्टा बंग्याउँदै हिड्नुलाई क्याटवाक भनेर चिनिन्छ । मान्छे हिँडेको कुरालाई किन क्याटवाक भनियो होला ? भन्ने प्रश्न उठ्नसक्छ । सायद त्यहीँ भएर होला टर्कीमा हालै साँच्चीकै क्याटवाक गरिएको छ । अर्थात् बिरालो नै स्टेजमा उत्रिएर क्याटवाक गरेको छ ।

टर्कीको स्तानबुलमा एक फेसन शो का क्रममा वास्तविक क्याटवाक भएको हो ।

यद्यपि, फेसन शोमा बिरालोकै क्याटवाकको आयोजना गरिएको थिएन । र्‍याम्पमा मोडलहरुले क्याटवाक गरिरहेको बेला अचानक एउटा बिरालो स्टेजमा देखा पर्‍याे। बिरालोले स्टेजमा बसेर अनौठो हर्कत गरिरहेको थियो ।

एकपछि अर्को गर्दै मोडेलहरु क्याटवाक गरिरहेका थिए । तर बिरालोलाई कुनै मतलब थिएन । जिउ कन्याइरहेको थियो । केहीबेरपछि बिरालो उठ्यो र स्टेजमा हिँड्न थाल्यो । मानिसहरु अचम्ममा परिरहेका थिए । आफ्नो अगाडि बिरालो हिँडिरहेको देखेपछि क्याटवाक गरिरहेकी मोडेल पनि अचम्ममा परिन् र हाँस्न थालिन् ।

बिरालोले ती मोडेललाई झम्टिने प्रयास गर्‍याे, तर सकेन । पुनः स्टेजमा अगाडि बढ्यो ।

यो घटनाको भिडियो जब अनलाइनमा पोष्ट भयो तब त्यसले सोसल मिडियामा निकै चर्चा बटुलेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment