Comments Add Comment

एलएच सर्भिसेस र स्पेयर पार्टस् हानकुक टायरको आधिकारिक विक्रेता

१३ कात्तिक, काठमाडौं । हानकुक टायरले एलएच सर्भिसेस र स्पेयर पार्टस् (एलएचएसएस)लाई नेपालको लागि आधिकारिक विक्रेताकोे रुपमा नियुक्त गरेको छ । एलएच एसएस कम्पनी २०१८ मा स्थापित भएको हो र कम्पनीको भिजन “उपभोक्ताको गतिशीलताका लागी एक मात्र समाधान” भन्ने लक्ष्यका साथ अगाडि बढेको छ ।

कम्पनीलेे विश्वव्यापी रुपमा प्रख्यात आटोमोटिभस् तथा सहायक बस्तुहरु आयत गरी विक्रिवितरण गर्ने छ । हाल ब्याट्री, लुबि्रकेन्टस् र टायर व्यवसायमा संलग्न छ ।

लक्ष्मी समुह एक स्थापित व्यवसायी ककम्पनीहरुको समूह हो, जसअन्तर्गत धेरै कम्पनीहरु पर्दछन् । अटोमोबाईल क्षेत्रमा भिन्न परिचय बनाउनका लागि कम्पनीले धेरै पहिलेदेखि अटोमोटिभस् डिभिजन सुरु गर्दै आइरहेको छ ।

जस मध्येलक्ष्मी इन्टरकन्टिनेन्टल आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो । हाल यस समुहमा लक्ष्मी प्रीमियम मोटर, गोल्डफिश इन्टरनेशनल, लक्ष्मी टायरटेड्र, लक्ष्मी लयुबओईल साथै एलएच सर्भिसेस र स्पेयर पार्टस्जस्ता कम्पनीहरु अटोमोटिभस् उपकरणहरु विक्रि वितरणको लागि रही आएका छन् ।

हानकुक दक्षिण कोरियाबाट विश्वव्यापीप्रमुख टायर निर्माण ब्राण्ड हो । कम्पनी पिसीआर, एलटीआर, एसयूभि र टिबीआर खण्डमा बलियो उपस्थितिसँग विश्वको सातौं ठूलो टायर बेच्ने ब्राण्ड हो ।

पिसीआर श्रृंखलामा कम्पनीसँग भेन्टस्, किर्नजी र अप्टिमो श्रृखला छ, जहाँ भेन्टस् उच्च प्रदर्शन श्रृखला हो भने किर्नजी अधिक मूल्य प्रतिस्पर्धी टायर श्रृंखला हो ।

हानकुक टायरले उच्च इन्धन क्षमता, कम झ्ट्का, आवाज, राम्रो आकर्षण र उच्च टायर जीवनको आश्वासन दिन्छ ।

एलएच एसएसले हाल इन्डोनेसिया र कोरियामा आधारित दुई कारखानाबाट हानकुक टायर आयत गरिरहेको छ ।

हानकुक पछिल्लो केहि वर्षदेखि नेपालमा रहेको छ । सन् २०१८ मा हानकुक टायरले लक्ष्मी समुहसँग मिलेर नेपाली बजारमा गुणस्तरीय सेवा प्रदान गर्ने योजना लिएर नेपाली बजारमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment