Comments Add Comment

रोएर तनाव नियन्त्रण, जापानीबाट सिकौं घतलाग्दो कुरा

हामीकहाँ गीत छ, ‘लोग्नेमान्छे भएर रुनु हुन्न रे ।’

लोग्नेमान्छे मात्र कहाँ हो र ? अरुले पनि रोएको त्यती राम्रो मानिदैन । तर, हामीलाई थाहा छ रुनु एक प्राकृतिक प्रक्रिया हो । यो वनावटी वा कृतिम होइन । त्यसैले त बच्चा जन्मनसाथ रुन्छ । बच्चा हुर्कदै जाँदा जब उनीहरुलाई केही समस्या हुन्छ वा कुनै कुरामा चित्त बुझ्दैन, वेपत्तासँग रोइदिन्छन् । तपाईं/हामीले हेक्का राखेकै छौं, बच्चा रोइसकेपछि उनीहरुको मन चंगा हुन्छ । अनुहारमा एक किसिमको चमक हुन्छ ।

यसबाट के बुझिन्छ भने, रोएपछि मनको पिर पनि पखालिन्छ । संभवत यही कुरालाई मनन गरेर हुनुपर्छ, जापानमा अहिले रुने कक्षा सञ्चालन गरिदैछ ।

तनाव घटाउने नयाँ काइदा

संसारमा जापानीजहरु सबैभन्दा बढी मेहेनती मानिन्छन् । यहाँका मानिस सबैभन्दा कम विदा लिने गर्छन् । र, सबैभन्दा बढी काम गर्छन् । जसले गर्दा उनीहरु सबैभन्दा धेरै तनावको शिकार हुने गर्छन् ।

सुन्दा अचम्म लाग्न सक्छ । तर, यही तनावलाई कम गर्न जापानमा तयाँ तरीका अपनाइँदैछ । केही दिनयता जापानका स्कुल तथा कलेजहरुमा रुनको लागि मानिसलाई प्रोत्साहित गरिदैछ । कसरी रुने भनेर उनीहरुलाई विशेष किसिमको तालिम समेत दिइदैछ ।  साथै, रुनकै लागि टिर्यस टिचर्सहरुको समेत व्यवस्था गरिएको छ ।

आखिर, जापानमा मानिसलाई रुनको लागि किन यति धेरै प्रोत्साहित गरिदैछ ? किन विशेष तालिमको व्यवस्था गरिदैछ ?

कारण हो, डिप्रेसनको समस्या कम गर्न ।

जापानमा डिप्रेशनको समस्या कम गर्न मानिसहरुलाई रुनको लागि अभिप्रेरित गर्नुका साथै यस सम्बन्धि विशेष तालिमको व्यवस्था समेत गरिएको छ । जापानीजहरुको मान्यता छ, हाँसो र आँसु नै तनाव कम गर्ने सबैभन्दा उपयोगी माध्यम हो ।

निप्पल मेडिकल विश्वविद्यालयका प्रोफेसर जुन्को उमिहाराका अनुसार तनाव कम गर्नमा आँसुले सेल्फ डिफेन्स (आत्म रक्षा)को काम गर्छ । विगत पाँच वर्ष देखि हाई स्कुलमा कार्यरत शिक्षक हिदेफुी योशिदा आफूलाई टीयर्स टिचर बताउने गर्छन् । र, अरुलाई रुनुको फाइदाबारे जागरुक  गराउँछन् । उनी भन्छन्,  डिप्रेशन कम गर्न  रुनु,  हाँस्नु र सुत्नु भन्दा बढी प्रभावकारी हुन्छ ।

स्मरण रहोस्, योशिदाले सन् २०१४ मा तोहो विश्वविद्यालयका फ्याकल्टी अफ मेडिसिनका प्रोफेसर हिदेहो एरितासित मिलेर रुनुको फाइदाबारे मानिसमा सचेतना फैलाउनुका लागि विशेष अभियान नै सञ्चालन गरेका थिए । यस पश्चात्त सन् २०१५ मा जापानले ५० वा सो भन्दा बढी कर्मचारी कार्यरत कार्यालयहरुमा स्ट्रेस चेक प्रोग्राम नै अनिवार्य गरेको थियो । त्यसपछि उनलाई कयौ स्कुल, कलेज तथा अफिसहरुबाट तालिमका लागि समेत बोलाएका थिए । पछिल्लो केही वर्षहरुमा उनले यस सम्बन्धि थुपैै्र लेक्चर तथा गतिविधि आयोजना गरिसकेका छन् ।

योशिदाका अनुसार रुनुको पनि स्वास्थ्यमा विभिन्न फाइदा रहेका कारण मानिसहरुले रुवाउने किसिमको फिल्म तथा किताबबाट भरपूर फाइदा लिन सक्नु पर्छ । संगीतबको आनन्द लिनु पर्छ । उनी छन्, जो व्यक्ति सातामा कम्तीमा एक पटक रुन्छ, त्यही मानिसले मात्र तनावमुक्त जिवनयापन गर्न सक्छ ।

यही कुरालाई मध्यनजर गरेर जापान लगायतका केही देशले पनि हालका वर्षहरुमा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन थालेका छन् । जबकी सन् १९९० को दशकसम्म पनि यी देशहरुमा डिप्रेशनबारे खुलेर चर्चा हुँदैनथ्यो ।

लण्डन स्कुल अफ इकोनोमिक्स २०१६ ले आठ देशमा गरेको एक अध्ययन अनुसार जापानका कर्मचारी आफ्नो रोजगारदातासित डिप्रेशनबारे खुलेर कुराकानी गर्ने सम्बन्धमा निकै पछाडी छन् ।  जापानमा  ओभर टाइम यति विकराल समस्या छ  कि यसको लागि जापानीजहरुले एउटा विशेष नाममै दिएका छन्, कारोशी अर्थात ओभरटाइमका कारण भएको मृत्यु ।

किन जरुरी छ रुन ?

स्वास्थ्यका लागि लाभदायक

हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।  तर रुनु पनि स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक छैन । रुदा आँखाबाट आँसु निस्किन्छ । यस्ता आँसु तीन प्रकारको हुन्छ, रेफलेक्सिब, कन्टिनिअस र इमोशनल । इमोशनल आफू मानिसको आँखाले मात्र निकााल्न सक्ने हुदाँ यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

आँखालाई सुरक्षित राख्छ

प्याजबाट एक किसिमको रसाइन निस्कन्छ जसले सल्फ्यूरिक एसिड तयार बताउँछ । जब यो एसिड आँखाको सतहमा पुग्छ, तब यसबाट छुटकारा पाउन आँसु ग्रन्थीले आँखाबाट आँशु निकाल्न थाल्छ, जसले गर्दा आँखामा रहेको यो रसायन पखालिने गर्छ । आँसुमा एनटीव्यक्टेरियल तथा एन्टी भाइरल लाइसोजाइम पनि हुन्छ, जसले आँखालाई सुरक्षा प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment