+
+

राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते २०:५६

१३ कात्तिक, कतार । कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवान (दरबार) मा भेटवार्ता भएको छ ।

यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भेटवार्तामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ ।

अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए । मित्रराष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् ।

यो पनि पढ्नुहोस् –


कतारले नेपालमा सीप विकास कार्यालय खोल्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment