+
+
Shares

उपराष्ट्रपतिको चियापान १९ गतेलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते १६:१५

१३ कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम तीन दिनपछि सरेको छ ।

उपराष्ट्रपतिको चियापान १६ गते साढे २ बजेका लागि तय भएको थियो । तर, त्यही दिन प्रमुख विपक्षी दल कांग्रेसको पनि चियापान परेपछि १९ गतेलाई सरेको हो ।

उपराष्ट्रपतिले आयोजना गरेको शुभकामना आदन प्रदान तथा जलपान समारोह २०७५ कात्तिक १९ गते सोमबार २ः३० बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा हुने उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?